कास्कीगण्डकीतनहुँनवलपुरपर्वतबाग्लुङम्याग्दीलमजुङशिक्षा/स्वास्थ्यसमाचारसमाजस्याङ्जा

पोखरामा आज ९७ जनासहित गण्डकीमा ११३ जनामा कोरोना पुष्टि

पोखरा न्यूज । गण्डकी प्रदेशमा आज ११३ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रदेशको स्वास्थ्य निर्देशनलायले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा सबैभन्दा बढी कास्की जिल्लाको पोखरा महानगरपालिकामा संक्रमण धेरै देखिएको छ ।

पोखरामा पछिल्लो २४ घण्टामा ९७ जनामा संक्रमण देखिएको हो ।

त्यसैगरी गण्डकी प्रदेशका अरु जिल्लामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

तनहुँमा ३ जना, लमजुङमा १ जना, स्याङ्जामा २ जना, बाग्लुङमा ४ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यसैगरी म्याग्दीमा १ जना, पर्वतमा २ जना र नवलपुर पूर्वमा ३ जनालाई संक्रमण पुष्टि भएको निर्देशनालयका निर्देशक डा विनोद विन्दु शर्माले जानकारी दिनु भएको छ ।

डा शर्माका अनुसार सबै संक्रमितहरुलाई आइसोलेसनमा व्यवस्थापन गर्ने तयारी भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

Back to top button