पोखरेली युवाहरुले गरे फेवाताल सफा (तस्वीरहरुमा हेर्नुस्)

पोखरा न्यूज । पोखरामा मंगलबार बिहान ड्यामसाइडस्थित फेवाताल किनारमा रहेको फोहोर पोखरेली युवाहरुले सफा गरेका छन् ।

‘अरुलाई दोष नदिऔं र अरुबाट आशा पनि नराखौं, अब जे गर्ने हो आफैबाट शुरु गरौं’ सन्देश दिदै पोखरेली युवाहरुले फेवाताल सफा गरेका हुन् । ड्यामसाइड वरपर तालमा रहेको फोहोरजन्यवस्तु निकाल्न करिब दुई घण्टा सम्म उक्त समुह लागि परेकाे छ ।

पोखरेली युवाहरुको पहलमा यो सामाजिक कार्य भएको हो । केहि दिन अघि उनीहरुले सामाजिक सञ्जालमार्फत पोखरेली युवाहरुलाई ताल सरसफाइमा जुट्न आग्रह गरेका थिए ।

पोखरेली युवाहरुको यो कार्यमा १७ नम्बर वडा कार्यालय, त्यहाँस्थित विभिन्न क्लव लगायतले पनि सहायता गरेको अभियन्ता आशिष पुरीले जानकारी दिनुभएकाे छ ।

फेवातालमा वर्षो लाखौं आन्तरिक पर्यटकहरु पोखरा घुम्न आउने गर्दा पोखराको आर्थिक विकासमा महत्वपूर्ण योगदान हुने भन्दै उनीहरुले यो सामाजिक काम गरेकाे जनाइएकाे छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button