कास्कीगण्डकीगोरखातनहुँनवलपुरपर्वतबाग्लुङमुख्य खबरमुस्ताङ्म्याग्दीलमजुङसमाचारस्याङ्जा

पोखरामा एकै दिन थप १४९ जनामा कोरोना पुष्टि

गण्डकीका १० जिल्लामा थपिए ३०८ सङ्क्रमित

पोखरा न्यूज । पोखरा सहित गण्डकी प्रदेशमा कोरोना भाइरसको संक्रमण तीव्र रूपमा फैलिएको छ ।

पछिल्लो २४ घण्टामा पोखरा महानगरपालिकामा १ सय ४९ सहित गण्डकी प्रदेशमा थप ३ सय ८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालय  गण्डकीले जनाएको छ ।

नयाँ सङ्क्रमित मध्ये पोखरासहित कास्कीमा सबैभन्दा धेरै १ सय ७३ जना रहेका छन् । कास्कीको मादी गाउँपालिकाका २१ जना, माछापुच्छ्रेका २ जना र रुपा गाउँपालिकाका १ जनामा कोरोना भाइरस देखिएको छ ।

त्यसै गरी स्याङजाका ४१ जना, बागलुङका ३ जना, पर्वतका ५ जना, तनहुँका ७ जना, म्याग्दीका ११ जना, गोरखाका ४६ जना , बागलुङका १४ जना नवलपरासी पूर्वका ७ जना र मुस्ताङका १ जनामा कोरोना भाइरस देखिएको गण्डकी स्वास्थ्य निर्देशक डा. विनोद विन्दु शर्माले जनाउनुभएको छ ।

यो सँगै प्रदेशभर कुल कोरोना संक्रमितको संख्या १८ हजार २ सय ५१ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा दुई जनाको कोरोनाबाट मृत्यु भएको छ । बागलुङका ६१ वर्षीय महिला र गोरखाका ५५ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको निर्देशनालयले जनाएको छ । योसँगै प्रदेशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ सय १९ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

Back to top button