मास्क नलगाएका ३० हजारभन्दा बढी प्रहरीकाे होल्डिङ जोनमा

पोखरा न्यूज । नेपाल प्रहरीले मास्क नलगाई हिँडडुल गर्ने ३० हजार ८ सय ८३ जनालाई आज  होल्डिङ जोनमा राखी सम्झाइ बुझाइ छाडेकाे जनाएकाे छ ।

कोभिड-१९ को दोस्रो लहरबाट सिर्जित हुन सक्ने समस्या र चुनौतीलाई दृष्टिगत गरी यसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि प्रहरीद्ले संचालन गरेकाे अभियान अन्तर्गत सर्वसाधरणलाई होल्डिङ जोनमा राखिएकाे हाे ।

त्यसैगरी पछिल्लो २४ घण्टामा संचालित ४ सय ९१ वटा सचेतनामूलक कार्यक्रमबाट जम्मा ६६ हजार ७ सय ४७ जना लाभान्वित भएका छन् ।

कोभिड-१९ को संक्रमण रोक्न नेपाल सरकार स्वास्थ्य मन्त्रालयद्वारा तोकिएको सुरक्षा मापदण्डलाई दुरुस्त रुपमा कार्यान्वयनका लागि प्रहरीले ‘तपाईंको मास्क खै ?’ लगायतका विभिन्न सचेतनामूलक कार्यक्रमलाई अभियानकै रुपमा सञ्चालन गरेको हो ।

अभियानको क्रममा पछिल्लो २४ घण्टामा १७ हजार ९ सय ४७ जनालाई नि:शुल्क मास्क वितरण गरिएको प्रहरीले जानकारी दिएकाे छ । तोकिएको मापदण्ड उल्लंघन गर्ने १ हजार २ सय ७१ जनालाई संक्रामक रोग ऐन २०२० बमोजिम जरिवाना गरिएको छ । साथै मास्क तथा स्यानिटाइजरको सहि प्रयोग र नियमित मास्क लगाउन प्रहरीले सबैमा अनुरोध समेत गरेको छ ।

नेपाल प्रहरीले विभिन्न स्थानहरूमा कोभिड-१९ को जोखिम न्यूनीकरणको लागि सचेतनामूलक सन्देश सहितको माइकिङ, सवारी साधनहरूको चेकजाँच, सचेतनामूलक प्लेकार्ड प्रदर्शन लगायतका कार्यक्रमहरू संचालन गरेको छ ।

कार्यक्रमलाई थप प्रभावकारी र सफल बनाउन नेपाल प्रहरीले अन्य सुरक्षा निकाय लगायतका सरोकारवालाहरुसँग आवश्यक समन्वय, सहकार्य गरी अनुगमनलाई समेत तिब्रता दिएको  जनाएकाे छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button