कास्कीगण्डकीगोरखातनहुँनवलपुरपर्वतबाग्लुङम्याग्दीलमजुङशिक्षा/स्वास्थ्यसमाचारस्याङ्जा

पोखरामा ७९ जनासहित प्रदेशमा ११२ जनामा कोरोना संक्रमण

पोखरा न्यूज । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा ११२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पोखरा महानगरपालिकाका ७९ जनासहित प्रदेशका मनाङ र मुस्ताङबाहेकका अन्य जिल्लाहरुमा आज संक्रमित देखिएका छन् ।

योसँगै आजसम्म प्रदेशमा कोरोना संक्रमितहरुको संख्या १८ हजार ३७१ जना पुगेको छ ।

कास्की जिल्लाको पोखरा महानगरपालिकाका ७९ जना, नवलपुर पूर्वका १५ जना, बाग्लुङका ४ जना, तनहुँका ५ जना र लमजुङका २ जनामा संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।

त्यसैगरी स्याङ्जाका ४ जना, गोरखाका १ जना, म्याग्दीका १ जना र पर्वतका १ जनामा संक्रमण देखिएको हो ।

सबै संक्रमितहरुलाई आइसोलेसनमा व्यवस्थापन गर्ने तयारी भइरहेको निर्देशनालयका निर्देशक डा विनोद विन्दुको भनाइ छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

Back to top button