पोखरामा उपचाररत कोरोना संक्रमित महिला र पुरुषको मृत्यु

पोखरा न्यूज । पोखराका अस्पतालमा उपचाररत दुई जना कोरोना संक्रमित महिला र पुरुषको मृत्यु भएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले दिएको जानकारी अनुसार कास्की जिल्लाको पोखरा महाागरपालिका–६ की ८२ वर्षीय महिलाको पोखराको चरक मोमोरियल अस्पतालमा निधन भएको हो । उहाँको हिजो राति अस्पतालमा उपचारको क्रममा निधन भएको जनाइएको छ । उहाँलाई बैशाख १५ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

त्यसैगरी स्याङ्जाको अर्जुन चौपारी गाँउपालिका–५ का ६२ वर्षीय कोरोना संक्रमित पुरुषको पनि हिजो बेलुका उपचारका क्रममा पोखरामा निधन भएकोछ । उहाँको पोखराको मणिपाल अस्पतालमा मृत्यु भएको हो । उहाँलाई बैशाख ५ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

थप दुई जना संक्रमितहरुको मृत्युपछि गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २२३ पुगेको निर्देशनालयका निर्देशक डा विनोद विन्दु शर्माले जानकारी दिनुभएको छ ।

 

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button