किसानका उत्पादनलाई बजारसम्म लाने वातावरण सिर्जना गर्न आग्रह

पोखरा न्यूज । अखिल नेपाल किसान महासङ्घले कोभिड–१९ सङ्क्रमणको विषम परिस्थितिमा पनि स्वास्थ्यका निर्धारित मापदण्डको पालना गर्दै किसानका उत्पादनलाई बजारसम्म र बजारबाट कृषिजन्य सामग्री किसानको घरसम्म पु¥याउन आवश्यक रहेको जनाएको छ ।

महासङ्घको स्थापना दिवसका अवसरमा अध्यक्ष डा प्रेम दङ्गालले आज प्रेस विज्ञप्ति जारी गरी उत्पादनका साधनमा किसानको पहुँच, किसानमाथि हुने गरेका शोषण र उत्पीडन, कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व, कृषि क्षेत्रमा भएको व्यवसायीकरण, कृषि श्रमिकको अवस्थाजस्ता क्षेत्रमा सरकार र सम्बन्धित पक्षलाई ध्यानाकर्षण गराउनुभएको छ । विसं २००८ वैशाख १७ गते तुलसीलाल अमात्यको नेतृत्वमा महासङ्घ गठन भएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button