तनहुँमा कोरोना कहरकै बीचमा परीक्षा सञ्चालन हुँदै

पोखरा न्यूज । दोस्रो लहरको कोरोना सङ्क्रमणको जोखिमका बीचमा तनहुँका परीक्षा सञ्चालनको तयारी थालिएको छ । जिल्लाका स्थानीय तहले शैक्षिक शत्र २०७७ को आधारभूत तह (कक्षा आठ)को वार्षिक परीक्षाको तयारी थालेका हुन् ।

आँबुखैरेनी गाउँपालिकाले यही वैशाख २१ गतेबाट आधारभूत तहको परीक्षा शुरु गर्न लागेको प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोख्रेलले जानकारी दिनुभयो । साथै अन्य कक्षाको वार्षिक परीक्षा पनि विद्यालय आफँैले वैशाख २१ गतेदेखि सञ्चालन गर्न आग्रह गरेका छन् । कक्षा आठको प्रवेशपत्र, प्रश्नपत्र र उत्तरपुस्तिका यही वैशाख २० गते गाउँपालिकाकाको कार्यालयबाट वितरण गरिनेछ ।

बन्दीपुर गाउँपालिकाले वैशाख १९ गतेदेखि आधारभूत तहको परीक्षा सञ्चालनको तयारी थालेको छ । यही वैशाख १५ गते बसेको गाउँपालिकाको बैठकले परीक्षाको मिति तय गरेको शिक्षा शाखा प्रमुख विष्णु खत्रीले बताउनुभयो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button