दुर्घटनाका घाइतेको हवाई उद्दार

पोखरा न्यूज । बागलुङकोे बरेङ गाउँपालिका–१ मा आज दिउँसो मोटरसाइकल दुर्घटना भएको छ । दुर्घटना हुँदा एक जना गम्भीर घाइते भएका छन् ।

धुल्लुबास्कोटदेखि बरेङ आउने क्रममा बरेङ–१ सिलामारी भन्ने ठाउँमा ध १ प ३६३२ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा सर्वोदय माध्यमिक विद्यालयका २५ वर्षीय शिक्षक विष्णु पौडेल घाइते हुनुभएको बरेङबाट प्रकाश छन्त्यालले जानकारी दिनुभयो ।

घाइते पौडेलको बायाँ हातको बुडी औँला काटिएको र शरीरको भित्री भागमा चोट लागेको हुँन सक्ने भन्दै काठमाण्डौ पठाइएको हो । उहाँलाई थप उपचारका लागि प्रभु एयरको हेलिकप्टरमार्फत काठमाडौँ पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विजय भण्डारीले जानकारी दिनुभयो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button