एनआरएनए क्षेत्रीय समन्वय समिति अल कासिमको अध्यक्षमा पुनः रम्जानदिन

पोखरा न्यूज । गैरआवासीय नेपाली संघ साउदी अरबको मातहतमा रहेको क्षेत्रीय समन्वय समिति अल कासिमको चौथो अधिवेशन बाट पुनः रमजान दिन मियाँ २०२१-२३ कार्यकालका लागि निर्विरोध अध्यक्षमा निर्वाचित हुनुभएकाे छ ।

२०१८-२० कार्यकाल सफलताका साथ पूरा गरि २०२१-२३ कार्यकालका लागि आयोजित चौंथो अधिबेशनबाट मियाँको अध्यक्षतामा १४ सदस्यीय नव निर्वाचित समितिको चयन भएको छ ।
अध्यक्षमा रम्जान दिन मियाँ, वरिष्ठ उपाध्यक्षमा कृष्ण अधिकारी, उपाध्यक्षमा बिष्णु रावल, सचीवमा ध्रुब कटुवाल, कोषाध्यक्षमा चिरञ्जीवी अर्याल, सह कोषाध्यक्षमा वीर बहादुर तमाङ, युवा संयोजकमा खिलेन्द्र राज कन्धवा, सदस्यहरुमा नुरुल जमा अन्सारी, बिनोद खड्का, सिद्दी श्रेष्ठ, रमन अर्याल, अर्जुन थापा, बद्री के.सी, अशोक सुवेदी चयन हुनुभएकाे छ ।

कोरोना महामारीको अवस्थालाई मध्यनजर गर्दै जुम अनलाइन प्रबिधि र सिमित समिति पदाधिकारीहरुको भौतिक उपस्थितिमा संचालन गरिएको कार्यक्रममा प्रमुख आतिथ्यमा नेपाली दूतावास रियादबाट, बिशिस्ट अतिथिहरुमा महाबाणिज्य दूतावास जेद्दाका शत्रुघन पोख्रेल, आइसिसी मध्य पुर्व संयोजक राजेन्द्र अर्याल, आइसिसी सदस्य यास्मिन बेगम, आइसिसि सदस्य नारायण पास्वान, आइसिसी सदस्य रमेश भन्डारी रहनु भएकाे थियाे ।

विशेष अथितिमा एनआरएनएनसिसि अध्यक्ष तेज बहादुर थापा र एनआरएनएनसिसि उपाध्यक्ष तथा आर सिसि प्रमुख सल्लाहकार बिशाल कुमार श्रेष्ठ हुनुहुन्थ्याे। यसैगरी अतिथिहरुमा एनआरएनए एनसिसीका प्रमुख सल्लाहकार डम्बर यादब, साउदी अरबका उपाध्यक्ष ज्यु हरु, एनसिसीका सम्पुर्ण पदाधिकारीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु र मिडियाकर्मीहरु रहनुभएकाे थियाे ।

अध्यक्ष रमजान दिन मियाँको सभापतित्वमा सचिब बिष्णु रावल तथा सह सचिब ध्रुब कटुवाल द्वारा संचालित कार्यक्रममा संस्थाका उपाध्यक्ष कृष्ण अधिकारीले स्वागत मन्तव्य राख्नुभएकाे थियाे ।

दुई चरणमा समापन गरिएको उक्त कार्यक्रममा पहिलो चरणमा आसन ग्रहणदेखि २०१८-२० कार्यकालको कार्य प्रगति प्रतिवेदन सचिव बिष्णु रावल र आर्थिक प्रतिवेदन वीर बहादुर तमाङले प्रस्तुत गरेपछि अध्यक्ष मियाँले २०१८-२० कार्यसमिति विघटन गर्दै र पहिलो चरणको कार्यक्रम समापन गर्नुभएकाे थियाे ।

दोस्रो चरणको कार्यक्रम बन्द सत्र बट सुरु भएको र निर्वाचन समितिका संयोजक बिशाल श्रेष्ठ द्वारा कार्यसमिति २०२१-२३ कार्यकालका नयाँ उम्मेद्बारीहरुको नाम जुम मार्फत उपस्थि अतिथिहरुमा पेस गर्दै कोहि कसैलाई उम्मेद्बारी दिन इच्छुक भए २ मिनेटको समय दिई दाबीविरोध भए सुझाउन गरिएको अनुरोधमा कोहि कसैको दावी विरोध नपरेकोले उम्मेद्बारी दिएका नामहरु नै निर्विरोध निर्बाचित भएको घोषणा गर्दै बधाई तथा सफलताको शुभकामना दिनुभएकाे थियाे ।

उक्त जुम अनलाइनबाट कार्यक्रममा उपस्थित प्रमुख अतिथि, बिशिस्ट अतिथि तथा अतिथिहरुले दिएको शुभकामना मन्तव्यमा अल कासिम क्षेत्रीय समितिले गरेका अनगिन्ती सामाजिक सेवा प्रति सबै अभारी रहेको र अन्य क्षेत्रभन्दा अगाडि रहेर श्रमिकहरुको समस्या समाधानमा ठुलो योगदान दिन सफल भएकोले २०१८-२० कार्यकालका समितिलाई धन्यवाद दिदै नयाँ कार्यसमिति लाई अझै अगाडी बढ्न हौसला दिइएकाे थियाे ।

एनआरएनए साउदी अरबको महाधिवेशन नजिकिदै गर्दा आफ्नो मातहतका स्थानीय समिति तथा क्षेत्रीय समितिहरुको अधिवेशन भइरहेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button