धुर्मुस–सुन्तली फाउण्डेशनद्वारा निर्माणाधीन रङ्गशालालाई सहयोग

पोखरा न्यूज । चितवनको रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालालाई चितवन समाज आयरल्याण्डले आर्थिक सहयोग गरेको छ । शनिबार रङ्गशाला परिसरमा आयोजित एक कार्यक्रमका बीच समाजका महासचिव विवेकराज सपकोटाले धुर्मुस–सुन्तली फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल धुर्मुसलाई रु तीन लाखको चेक हस्तान्तरण गर्नुभयो ।

सो अवसरमा अध्यक्ष धुर्मुसले कठिन परिस्थितिमा पनि विदेशी भूमिमा रहेर बगाएको रगत पसिनाको कमाइ सङ्कलन गरी सहयोग उपलब्ध गराएको भन्दै दाता संस्था चितवन समाज आयरल्याण्डका अध्यक्ष चेतराज ओली र सम्पूर्ण आयरल्याण्डवासी सहयोगी नेपालीहरुप्रति आभार व्यक्त गर्नुभयो । समाजका महासचिव सापकोटाले जनस्तरबाट निर्माणाधीन रङ्गशालालाई सम्पन्न गराउन सरकारदेखि गैरआवासीय नेपालीसम्मलाई सहयोगको निम्ति आह्वान गर्नुभयो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button