अर्थ व्यापारसमाचारसमाज

अरूको ब्रान्डलाई पुनः प्याकिङ गरी आफ्नो बनाएर बेच्ने राइस मिललाई जरिवाना

पोखरा न्यूज । अरूको ब्रान्डलाई पुनः प्याकिङ गरी आफ्नो बनाएर बिक्री/ वितरण  गर्ने मकवानपुरकाे एक राइस मिललाई जरिवाना गरिएकाे छ । हेटौँडा उपमहानगरपालिका–२ डेहम्बी हाइटमा सञ्चालनमा रहेको विजय राइस मिललाई रु ५० हजार जरिवाना गरिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माको नेतृत्वमा रहेको अनुगमन टोलीले आज खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको अनुज्ञा पत्र विना व्यवसाय सञ्चालन र अरूको ब्रान्डलाई पुनः प्याकिङ गरी बिक्री/ वितरण गरेको भन्दै अनुगमनस्थलमा नै जरिवान गरिएको हो ।

उक्त मिललाई जिल्ला प्रशासन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, उपमहानगरपालिका र मकवानपुर उद्योग वाणिज्य सङ्घको संयुक्त अनुगमन टोलीले अन्य उद्योगको ब्रान्डलाई पुनः प्याकेजिङ गरी आफ्नो उत्पादन बनाएर बिक्री/ वितरण गरेको र खाद्य वस्तु अस्तव्यत अवस्थामा अखाद्य वस्तुसँगै राखेको, उद्योगको बोर्ड नराखेको र उत्पादत वस्तुमा उपभोग मिति उल्लेख नगरेका कारण जरिवाना गरिएको सहायक प्रजिअ शर्माले बताउनुभयो ।

उक्त मिललाई जरिवाना बुझाउन र थप सुधारका काम गर्न सात दिनको समय दिइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

Back to top button