आजदेखि दलहरुसँग संवादमा जुट्दै प्रदेश सभामुख

अनिता घिमिरे । गण्डकी प्रदेश सभाका सभामुख नेत्रनाथ अधिकारीले विशेष अधिवेशनको बैठक सुचारु गर्न दलहरुसँग छलफल थाल्न लाग्नुभएकाे छ । वैशाख १५ गते स्थगित भएको बैठक फेरि चालु गर्न उहाँले आइतबारबाट दलहरुसँग छलफल थाल्न लाग्नुभएकाे हाे ।

सभामुख अधिकारीले आइतबार राष्ट्रिय जनमोर्चाका संसदीय दलका नेता कृष्ण थापासँग वार्ता गर्दैहुनुहुन्छ । जनमोर्चाका सांसद खिमविक्रम शाही हराएको र खोजी गर्न माग गर्दै जनमोर्चाकी सांसद पियारी थापाले सभामुखलाई निवेदन दिनुभएकाे थियाे । सोही निवेदनको आधारमा सभामुखले विषेश अधिवेशन अनिश्चितकालकालागि स्थगित गर्नुभएकाे थियाे । हराउनु भएका भनिएका सांसद शाही सोही दिन पोखराको चरक मेमोरियल अस्पतालमा भर्ना भएको सार्वजनिक भएको थियो ।

सांसद शाहीबारे आफूले सूचना पाए पनि औपचारिक रुपमा उहाँ भेटिएको जानकारी लिन  थापालाई छलफलका लागि डाकेको बताइएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button