पोखरामा कोरोनाबाट थप ८ जनाको मृत्यु

पोखरा न्यूज । पोखरामा कोरोनाबाट थप आठ जनाको मृत्यु भएको छ ।

पोखराका विभिन्न अस्पतालमा उपचाररत सात जना र एक जना होम आइसोलेसनमा रहेका गरी थप आठ जनाको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

पाेखरामा ७५ वर्षीय कोरोना संक्रमित पुरुषको आज बिहान साढे १० बजे मेडिप्लस अस्पतालमा उपचारको क्रममा निधन भएको छ । रुपन्देही जिल्ला बुटवल उपमहानगरपालिका–३ का उहाँलाई बैशाख ९ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

कास्कीको पोखरा महानगरपालिका–१६ का ७७ वर्षीय कोरोना संक्रमित पुरुषको हिजो दिउसो सवा १ बजे होम आइसोलेशनमा निधन भएको हो । उहाँलाई बैशाख १६ गते कोरोन पुष्टि भएको थियो ।

त्यसैगरी पोखरा महानगरपालिका–२६ की ५८ वर्षीय संक्रमित महिलाको हिजो मणिपाल शिक्षण अस्पताल पोखरामा उपचारको क्रममा बिहान साढे १० बजे निधन भएको हो । उहाँलाई बैशाख १५ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

पर्वत जिल्लाको कुश्मा नगरपालिका–५ की ७६ वर्षीय संक्रमित महिलाको हिजो साढे ३ बजे गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा निधन भएको हो । उहाँलाई बैशाख १७ गते संक्रमण पुष्टि भएको थियो ।

दाङ जिल्लाको राप्ती गाँउपालिका–५ का ४३ वर्षीय संक्रमित पुरुषको अस्ति राति सवा १ बजे गण्डकी मेडिकल कलेज पोखरामा उपचारको क्रममा निधन भएको छ । उहाँलाई बैशाख १५ गते संक्रमण पुष्टि भएको थियो ।

त्यसैगरी पोखरा महानगरपालिका–१६ की ७३ वर्षीय संक्रमित महिलाको हिजो सवा ४ बजे मेडिप्लस अस्पताल पोखरामा उपचारका क्रममा निधन भएको छ । उहाँलाई बैशाख १६ गते संक्रमण पुष्टि भएको थियो ।

पोखरा महानगरपालिका–१० की कोरोना संक्रमित महिलाको हिजो बेलुका साढे ५ बजे मेडिप्लस अस्पताल पोखरामा उपचारको क्रममा निधन भएको छ । उहाँलाई बैशाख १६ गते संक्रमण पुष्टि भएको थियो ।

त्यसैगरी पोखरा महानगरपालिका–१९ का ५४ वर्षीय पुरुषको पनि गण्डकी मेडिकल कलेज पोखरामा उपचारका क्रममा कोरोना संक्रमणका कारण निधन भएको छ । उहाँको हिजो बेलुका साढे ७ बजे निधन भएको थियो । उहाँलाई हिजो नै संक्रमण पुष्टि भएको थियो ।

थप ८ जना संक्रमितहरुको निधन पछि गण्डकी प्रदेशमा कोराना संक्रमणका कारण निधन हुनेहरुको संख्या २३१ पुगेको निर्देशनालयका निर्देशक डा विनोद विन्दु शर्माले जानकारी दिनुभएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button