लुम्बिनीको मुख्यमन्त्रीमा पोखरेल पुनः नियुक्त

पोखरा न्यूज । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा शङ्कर पोखरेल पुनः नियुक्त हुनुभएकाे छ ।

प्रदेश प्रमुख धर्मनाथ यादवले नेपाल कम्युनिष्ट पार्टी (एमाले), लुम्बिनी प्रदेश संसदीय दलका नेता  पोखरेललाई नेपालको संविधानको धारा १६८ को उपधारा (१) बमोजिम प्रदेश मुख्यमन्त्री पदमा नियुक्त गर्नुभएकाे हाे ।

प्रदेशसभाका बहुमत सदस्यहरुको हस्ताक्षरसहित प्रदेश प्रमुख समक्ष दावी पेश गरेकाले उहाँलाई मुख्य मन्त्रीमा नियुक्त गरेकाे प्रदेश प्रमुख कार्यालयका प्रवक्ता चिरञ्जिवी पौडेलकाे विज्ञप्तिमा जनाइएकाे छ ।

मुख्यमन्त्री पोखरेलले आजै राजीनामा दिएपछि रिक्त पदमा उहाँकाे नियुक्ति भएकाे हाे । एमालेको एकल बहुमतको सरकार गठनका लागि  पाेखरेलले  दावी पेश गरेपछि संविधानको धारा १६८ को उपधारा १ बमोजिम सरकार गठन हुन लागेकाे हाे ।

राजिनामा पछि एमालेले लुम्बिनी प्रदेशका मुख्यमन्त्रीमा पुनः  पोखरेललाई नै अघि सारेको थियाे  । प्रदेश सरकार गठनका लागि एमाले संसदीय दलको आज बुटवलमा बैठक बसेको थियाे ।

अहिले प्रदेशसभामा कूल ८१ सदस्य छन् ।

लुम्बिनीमा एमालेका पक्षमा ४१, नेपाली कांग्रेसका १९, नेकपा(माओवादी केन्द्र)का १७, जसपाका दुई र जनामोर्चा नेपालको एक सिट छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button