पोखरामा कोरोना संक्रमण उच्च, आइतबार थप ३१४ जनामा कोरोना पुष्टि

पोखरा न्यूज । पछिल्लो समय कास्कीको पोखरा महानगरपालिकामा कोरोना भाइरस संक्रण दर तिव्र रुपमा फैलिएको छ ।

आइतबार पोखरा महानगरपालिकाका विभिन्न वडामा गरी थप ३ सय १४ जनामा संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

नयाँ संक्रमितमा सबैभन्दा बढी पोखरा वडा नं २ र २१ वडा रहेकाछन् । वडा नं २ मा २७ महिला र ३५ पुरुषगरी थप ६४ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै पोखरा वडा नं. २१ मा १६ जना महिला र ७ पुरुषगरी जम्मा २३ जनामा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।

योसँगै कास्कीमा कुल कोरोना संक्रमितको संख्या १० हजार ३६ पुगेको छ । कास्कीमा हालसम्म ८ हजार ५ सय ८८ जना निको भएकाछन् भने कोरोनाका कारण  १ सय २९ जनाको ज्यान गएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button