पोखरामा ३६८सहित गण्डकीमा थपिए ५७६ संक्रमित

पोखरा न्यूज । आइतबार गण्डकी प्रदेशको राजधानी पोखरामा ३ सय ६८ सहित प्रदेशभर थप ५ सय ७६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज थपिने संक्रमितहरुमा प्रदेशका ११ जिल्ला मध्ये १० जिल्लामा कोरोनाका संक्रमित थपिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

निर्देशनालयका अनुसार कास्कीको पोखरा महानगरपालिकामा संक्रमित बढेका छन् । पोखरा महानगरपालिकामा ३ सय ६८ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै नयाँ संक्रमितमा स्याङजामा १ सय ४ जना र नवलपरासी पूर्वमा २९ जना रहेकाछन् । त्यसैगरी म्याग्दीमा २३ जना, तनहुँमा १४ जना, मुस्ताङमा १३ जना रहेकाछन् भने पर्वतका ९ जना, लमजुङका ८ जना र मनाङका ४ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै प्रदेशभर कुल कोरोना संक्रमितको संख्या १९ हजार २ सय २१ पुगेको छ ।

त्यस्तै आइतबार प्रदेशभरबाट ६४ जना उपचारपछि डिस्चार्ज भएकाछन् । योसँगै कोरोना निको हुनेको संख्या हालसम्म १६ हजार ९ सय ४६ जना निको भएकाछन् ।

त्यस्तै प्रदेशमा थप ८ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ । योसँगै प्रदेशभर मृत्यु हुनेको संख्या २ सय ३२ पुगेको निर्देशनालयले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button