प्रदेश प्रमूखबाट पदमुक्त भएकोमा अत्यन्तै खुशी छुः अमिक शेरचन

आँफू राष्ट्रपति र प्रधानमन्त्री पदको प्रस्ताव ठाडै इन्कार गरेको व्यक्ति

पोखरा न्यूज सम्वाददाता । गण्डकी प्रदेशको प्रदेश प्रमूखबाट पदमुक्त भएकोमा अमिक शेरचनले आफूलाई अत्यन्तै खुशी लागेको बताउनुभएको छ । आज पोखरामा शेरचनले आयोजना गर्नुभएको पत्रकार सम्मेलनमा आफूले पदको लागि राजनीति नगरेको भन्दै पार्टीको निर्णयका कारण बाध्य भएर प्रदेश प्रमूख स्वीकार गर्नु परेको जनाउनुभएको छ ।

सोमबार सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा शेरचन र सुदुरपश्चिम प्रदेशका प्रदेश प्रमूख पदमुक्त गरिएका थिए । पत्रकार सम्मेलनमा शेरचनले विगतमा विभिन्न पदहरु आफूले अस्वीकार गरेको बताउनु भएको छ । उहाँ भन्नुहुन्छ,–“पदमुक्त भएकोमा अत्यन्तै खुशी छु । मुरी मुरी धन्यवाद छ राष्ट्रपतिज्यूलाई । पहिला ओलीजी र पुन प्रचण्डजी मार्फत ओलीजीको प्रस्ताव मैले अस्वीकार गरेको पद थियो ।” पछि पार्टीको निर्णय सुनाएपछि अनुशासित कार्यकर्ताको नाताले बाध्य भै प्रदेश प्रमूखको पद स्वीकार गरेको उहाँको भनाइ छ । पदमुक्त भएपछि खुला जेलबाट मुक्त भएको जस्तो अनुभूति गरेको भन्दै उहाँले विगतमा राष्ट्रपति, प्रधानमन्त्री पदको प्रस्ताव ठाडै इन्कार गरेको व्यक्ति आफू भएको पनि दावी गर्नुभएको छ ।

विभिन्न संघर्षहरुमा कुनै पनि प्रकारको षडयन्त्र र गद्दारी नरेको भन्दै कमिशन र भष्ट्राचारमा आफू नडुबेको पनि बताउनु भएको छ । उहाँ भन्नुहुन्छ,– “राष्ट्रिय अखण्डता र राष्ट्रिय स्वाभिमानमाथि वारम्वार हस्तेक्षप र अतिक्रमण गर्ने भारतीय विस्तारवाद र साम्राज्य विरुद्धको संघर्षमा पञ्चायतकालदेखि गणतन्त्रकालसम्म राष्ट्रघाती र असमान सन्धी सम्झौता विरुद्धको संघर्षमा मैले कुनै प्रकारको षडयन्त्र र गद्दारी गरेको छैन । न त अरबाै‌ कमिशन र भ्रष्टाचारमा डुबेको छु ।”

प्रदेश प्रमूखको पदमा रहँद संवैधानिक मर्यादालाई पूर्ण पालना गरेको उहाँले बताउनुभएको छ । संवैधानिक मर्यादा पालना गर्दा कसैको लागि अप्रिय भएको भए संविधान हेरेर चित्त बुझाउन उहाँले अनुरोध गर्नुभएको छ ।

शेरचनलाई प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले १८ महिना अघि प्रदेश प्रमूखमा सिफारिस गरे पछि राष्ट्रपतिले नियुक्त गर्नुभएकाे थियाे । उहाँ नेपाल कम्युनिष्ट पार्टी माओबादी (केन्द्र) का नेता हुनहुन्छ ।

उहाँले जारी गर्नुभएको प्रेस वक्तव्यको पूर्ण पाठ यस्तो छः

प्रेस वक्तव्य
आदरणिय पत्रकार साथीहरुः
प्रदेश प्रमुखको पद ग्रहण गरेको आज १८महिना २ दिन पुगेछ । यस बिचमा मलाई साथी सम्झेर माया गर्ने सबै प्रती आभार प्रकट गर्दछु । कार्यालयका कर्मचारी सुरक्षामा कार्यरत सबै जवान र सचिवालयका सबै साथीहरु बाट सहयोग र सम्मान पायौँ । यहाहरुप्रती आभार व्यक्त गर्दछौँ ।

पदमुक्त भएकोमा अत्यन्तै खुशी छु । मुरी मुरी धन्यबाद छ राष्ट्रपतीज्यूलाई पहिला ओली जी र पुन प्रचण्डजी मार्फत ओली जीको प्रस्ताव मैले अस्विकार गरेको पद थियो । पछि पार्टीको निर्णय सुनाएपछि अनुशासीत कार्यकर्ताको नाताले बाध्य भै स्वकारेको पद हो यो । अधिकारवीहिन खुला जेलबाट मुक्त गरीदिनुभएको मा पनि धन्यबाद ।

म पदको लागी राजनीति गरेको व्यक्ती होइन । पूर्व राष्ट्रपती डा. रामवरण यादव को कार्यकाल समाप्ति पछि राष्ट्रपतीको लागी मलाई प्रस्ताव आयो । मैले अस्विकार गरे । त्यस्तै ज्ञानेन्दकालमा प्रधानमन्त्रीको प्रस्ताव आउँदा पनी ठाडै इनकार गरेको व्यक्ती हुँ । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक कमरेड पुष्पलाल ,क.यज्ञदेव आले ,क.निर्मल आले र क.मोहन विक्रम सिहं जस्ता र्शिसस्थ नेताहरुको निकटमा रहेर सक्रीय राजनीतिक संर्घषमा आफ्नो जिवन समर्पीत गरे । पदका लागी कुनै प्रकारको र्बागेनीङ गरीन ।

सन्त नेता क.मनमोहन अधीकारीको निधन पछी एमाले पार्टीको अध्यक्ष पदमा आउन प्रस्ताव गर्दा पनी मैले स्वीकार गरीन । पद र सत्ताको लागी असम्बैधानीक पद्वती र अपच्य दृष्यहरु थोर्पाने पद जोगाउने व्यक्ती म होईन । नत पदकै लागी वैचारीक आस्था बम्बैको कोठीमा विक्री गर्ने व्यक्ती हुँ । म मास्कबाद ,लेनीनबाद र माओ बिचारधारामा अटल विश्वास राख्ने एक निष्ठावान पहरेदार नागरीक हुँ । श्रमजीवि सर्वहराजीविको इमान्दार साथी हुँ र वर्ग सघर्षमा जिवन समर्पीत गर्ने योद्वा कार्यकर्ता पनी हुँ ।

राष्ट्रीय अखण्डता र राष्ट्रीय स्वाभीमान माथी बारम्बार हस्तक्षेप र अतिकरण गर्ने भारतीय विस्तारवाद र स्रमाज्य विरुद्वको संघर्षहरु पञचायत कालदेखी गणतन्त्रकालसम्म राष्ट्रघाती र असमान सन्धी सम्झौता विरुद्धको संघर्षहरुमा मैले कुनै प्रकारका सडयन्त्र र गद्धारी गरेको छैन । नत अरबौं कमिशन र भ्रष्टचारमा डुवेको छु । बरु म मन्त्री हुँदा घुष खुवाउन खोज्ने डिजीलाई पदबाट वर्खास्त गरेको जिउंदो उदाहरण छ म सँग । भ्रष्टचार र कमिशनहरुको खेलमा दंगदंगी बनाउने आरोप लाग्दा पनि भ्रष्टचार शुन्यमा झार्छु भन्ने ध्वोंगी व्यक्ति पनि होइन म बरु बैदेशिक हस्तक्षेप सन्धी सम्झौता र भ्रष्टचार विरुद्धका संघर्षहरुमा चार वर्षजति जेलयाताना र हजारौं पटक गिरफ्तार र हिरासतमा थुनिएको व्यक्ति हुँ । संघर्षको दौरानमा तत्कालिन सरकारको तानासाही दमनबाट मेरो खुट्टा हात करड. र ढाड फुटेको छ भने गर्धन दुई टुक्रा हुँदा र पटक पटक कैयौं दिनसम्म वेहोस हुँदा पनि बैचारिक आस्थामा विचलन नभएको व्यक्ति हुँ, स्मरण रहोस कमरेड मदन भण्डारीको सुनियोजित हत्याको विरुद्ध संयुक्त आन्दोलन गर्दा प्रहरी दमनबाट मेरो गर्दन दुई टुक्रा भयो भने सत्र दिनपछि होसमा आएको थिएँ ।

आज देश कोभिडबाट आतंकीत र अक्रान्त बनेको छ । दैनिक मृत्युदर बढीरहेको छ, यस्तो अवस्थामा सम्पुर्ण राजनीतिक दलहरुको साझा सहमति र सहकार्यमा देशव्यापी सचेतना अभियान चलाई जनताको जिउ धनको रक्षा गर्नुपर्ने अहम बेलामा पार्टी पार्टी बीचको फुट, पद र सत्तालिप्साको खेलमा देशलाई चुर्लुम्म डुवाइएको छ ।

एकपटक सबैले निधार खुम्चाएर सोचौं, दैनिक सयौंको खुन बगिरहेको अवस्थाबाट घोर निरंकुश प्रतिगमनका विरुद्धका संघर्षमा तात्कालिन आन्दोलनकारी पार्टीहरुको बीचको सहकार्य र समझदारीबाटै सामन्तवादी सत्ताको अन्त्य र गणतन्त्र स्थापना गर्न सफल हुन सकेको हो ।

यस पदमा आएपछी मैले संवैधानीक मर्यादालाई पुर्ण पालना गरेको थिए । कुनैपनी पार्टी विशेषको प्रभाव र छाँयामा काम गरीन । सरकारले जे प्रस्ताव ल्यायो त्यसलाई संवैधानीक नियम अनुसार निर्णय गर्ने गरेर माननीय सांसदहरुबाट जे जे प्रस्ताव आए त्यसलाई पनि संवैधानीक नियम बमोजीम नै निर्णयतार्थ सम्पादन गरेको थिए । यसबाट कसैको लागी अप्रिय भएको भए त्यो संविधान हेरेर चित्त बुझाउन अनुरोध गर्दछु । अन्तमाः लोकतन्त्र संघियता धरापमा नपरोस यसका लागी पक्षधरताहरु बिचको सहकार्य र एकतामा अगी बढौँ मेरो हार्दीक अपील छ ।

अमिक शेरचन

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button