पोखरामा उपचाररत कोरोना संक्रमित पुरुषको मृत्यु

पोखरा न्यूज । कोरोना संक्रमित एक जना पुरुषको आज पोखराको चरक मेमोरियल अस्पतालमा उपचारको क्रममा  निधन भएको छ ।

म्याग्दी जिल्लाको मंगला गाँउपालिका–६ का ७६ वर्षीय पुरुषको आज अस्पतालमा मृत्यु भएको हो ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार उहाँलाई बैशाख १७ गते कोरोना पुष्टि भएकोे थियो ।

निर्देशनालयका अनुसार आज थप एकसँगै प्रदेशमा कोरोना संक्रमणबाट निधन हुनेको संख्या २३३ पुगेको छ ।

 

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button