कतारमा १४ जना नेपालीले पाए आममाफी

तिलु शर्मा पौडेल, दोहा कतार । रोजगारी तथा व्यवसायको सिलसिलामा दोहा कतारमा रहदॉ विभिन्न अभियोगमा जेल जीवन बिताइ रहेका १४ जनाले आम माफी पाएका छन् ।

इस्लाम धर्मावलाम्बीहरुको पवित्र महिना रमदान पर्वको अवसरमा कतारस्थित केन्द्रीय कारागार तथा अन्य कारागारहरूमा रहेका कैदी,बन्दीहरुलाइ कतार सरकारद्वारा आममाफी दिइएको कतारस्थित नेपाली राजदूतावासले एक विज्ञप्ति मार्फत जनाएको छ ।

यसअघि विश्वव्यापी रूपमा फैलिएको कोरोना सङ्क्रमणलाई मध्यनजर गरी केही कैदी बन्दीहरूलाई समेत आममाफी दिइएको थियो ।

आममाफी पाएका नेपाली नागरिकहरूको नेपाल फिर्ती सहज बनाउन कतार सरकारका सम्बन्धित निकायहरूसँग राजदूतावासले आवश्यक समन्वय तथा सहजीकरण गरिरहेको दूतावासले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button