पोखरामा २७५ सहित प्रदेशमा ५७४ जनामा कोरोना संक्रमण

पोखरा न्यूज । पछिल्लो २४ घण्टामा पोखरामा २७५ सहित गण्डकी प्रदेशमा ५७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार गण्डकीका ११ जिल्लामध्ये मुस्ताङबाहेक अरु सबैमा संक्रमितहरु देखिएका छन् ।

पोखरामा २७५ जना सहित कास्कीमा २९२जनामा, नवलपरासी पूर्वमा ५२ जनामा, स्याङ्जामा २७ जनामा, बाग्लुङमा ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । त्यसैगरी तनहुँमा ४४ जनामा, लमजुङमा २ जनामा, गोरखामा ६० जनामा, पर्वतमा ८ जनामा, म्याग्दीमा २९ जनामा र मनाङमा ७ जनामा पछिल्लो २४ घण्टामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रदेशमा पछिल्लो २४ घण्टामा २ जना पुरुषको उपचारका क्रममा निधन समेत भएको छ । कोरोना संक्रमणबाट प्रदेशमा हालसम्म निधन हुनेको संख्या २३७ पुगेको निर्देशनालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा १ हजार २९० जनाको परिक्षण गरिएकोमा ७१६ जनाको रिपोर्ट नेगेटिभ आएको छ । त्यसैगरी आज ८७ जना निको हुनुभएको छ भने २ हजार ८०४ जना होम आइसोलेशनमा रहनुभएको छ ।

हालसम्म प्रदेशमा १ लाख ४८ हजार ६१० जनाको परिक्षण गरिएको छ । प्रदेशमा संक्रमितको संख्या २० हजार ४२७ पुगेको छ । परिक्षण गरिएका मध्ये १ लाख २८ हजार १८३ जनाको रिपोर्ट नेगेटिभ देखिएको छ । त्यसैगरी १७ हजार १५९ जना संक्रमणबाट निको हुनुभएको छ । प्रदेशमा सक्रिय संक्रमितको संख्या ३ हजार ३१ रहेको निर्देशनालयले जानकारी दिएको छ ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button