पोखरामा ४ जना कोरोना संक्रमितको मृत्यु

पोखरा न्यूज । पोखरामा कोरोना संक्रमणबाट आज बिहान २ जना र हिजो बेलुका २ जना गरी ४ जनाको उपचारको क्रममा मृत्यु भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा अस्पतालमा उपचारको क्रममा उहाँहरुको निधन भएको हो ।

कास्की जिल्लाको पोखरा महानगरपालिका–२९ का ४१ वर्षीय कोरोना संक्रमित पुरुषको आज विहान ७ बजे मणिपाल शिक्षण अस्पताल पोखरामा निधन भएको हो । उहाँलाई हिजो कोरोना संक्रमण पुष्टि भएको थियो ।

म्याग्दी जिल्ला धौलागिरी गाँउपालिका–२ की ७२ वर्षीय महिलाको आज बिहान सवा ७ बजे मणिपाल शिक्षण अस्पताल पोखरामा निधन भएको हो । उहाँलाई हिजो कोरोना संक्रमण पुष्टि भएको थियो ।

पोखरा महानगरपालिका–३ का ८७ वर्षीय कोरोना संक्रमित पुरुषको हिजाे चरक मेमोरियल अस्पताल पोखरामा निधन भएको हो । उहाँलाई २१ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

पोखरा महानगरपालिका–१७ का ७३ वर्षीय कोरोना संक्रमित पुरुषको मणिपाल शिक्षण अस्पताल पोखरामा हिजो बेलुका पौने ७ बजे निधन भएको हो । उहाँलाई २१ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

थप ४ जनापछि प्रदेशमा काेराेनाबाट निधन हुनेकाे संख्या २४१ पुगेकाे निर्देशनालयले जनाएकाे छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button