सत्यदेवी बरालको ‘हरेराम’ किर्तन सार्वजनिक

पोखरा न्यूज सम्वाददाता । हरिबोल, दुई पाखे कटेरी लगायतका गीत बजारमा ल्याईसक्नुभएकी सत्यदेवी बरालले नयाँ कोसेली दर्शक श्रोतामाझ सार्वजनिक गर्नुभएको छ । ‘हरेराम’ बोलको नेपाली भजन मार्फत उहाँ दर्शक श्रोता माझ प्रस्तुत हुनुभएको हो । आध्यात्मिक, बैज्ञानिक किर्तनको रुपमा तयार पारिएको भजन मार्फत जीवनको सारको बारेमा बताउन खोजिएको छ । यो भजनमा सत्यदेवी बरालको साथमा लोकप्रिय गायक पशुपति शर्मा र लोकप्रिय गायिका देबी घर्तीको आवाज सुन्न पाइन्छ ।

यो गीत नमस्ते पोखरा युटुब च्यानलबाट सार्वजनिक भएको हो । उत्कृष्ट शब्दहरू सिर्जना गर्ने गायिका सत्यदेवी बरालले यो किर्तनलाई उत्कृष्ट बनाउन निकै मेहनत गर्नुभएको छ । उहाँले देखाउनुभएको जोश जागरले भिडियो हेर्नेलाई थप उत्प्रेरणा मिल्छ ।

भगवान राम र कृष्णलाई पुकार्दै अहिलेको विश्व परिवेशको बारेमा बरालले भजन गीत मार्फत उजागर गर्नुभएको छ । बरालको शब्द अनि लय संयोजनले भजनलाई बेजोड बनाएको छ । भजन गीतमा संगीत संयोजन बिनोद बाजुरालीले गर्नुभएको छ ।

गीतको भिडियो समेत सुन्दर बनेको छ । भिडियोमा गायक पशुपति शर्मालाई समेत देख्न सकिन्छ । पोखराको राम मन्दिरमा छायांकन गरिएको भिडियोको निर्देशन नमस्ते पोखराका संचालक समेत रहनुभएका निर्देशक छबि सुवेदीले गर्नुभएको छ ।

भिडियोमा ‘नमस्कार’ भन्दै पशुपति शर्मा मन्दिर कम्पाउन्ड भित्र पसेको देखिन्छ । जहाँ उहाँको स्वागतको लागि ठूलो लाम लागेको छ । लाइनको अग्रपंक्तिमा हुनुहुन्छ सत्यदेवी बराल । बरालले शर्मालाई ‘मेरो प्यारो भाइलाई पोखरामा स्वागत छ’ भन्दै माला लगाएर स्वागत गनुहुन्छ । बराललले ‘आज भाइसँग किर्तन गाउने हो, अब सधै दोहोरी मात्र हैन भन्नुहुन्छ’ । जवाफमा शर्माले ‘मलाई त भजन किर्तन साह्रै मनपर्छ ल हिड्नुहोस् गाउन’ भनेपछि भजन गीत सुरु हुन्छ ।

शिवराज भूर्तेलको छायांकन तथा सुरेश भुर्तेलको सह–छायांकनमा तयार भएको भिडियोमा श्रृगार बिनिता पौडेल सुबेदी, सम्पादन र रंगरोगनको जिम्मेवारी सुवास अम्गाईले पुरा गर्नुभएको छ । नमस्ते पोखरा ब्रोडकास्टीङ्ग स्टुडियो प्रालीको अडियो तथा भिडियो रहेको यो किर्तन (भजन ) मोफसलमा बनेको उत्कृस्ट गीत मान्न सकिने निर्देशक सुवेदीको दावी छ । गीतको पोष्ट प्रोडक्सन फलानो क्रियशनमा भएको हो । कौशिला देवी ढकालको विशेष सहयोग यो किर्तनमा रहेको छ ।

विश्व नै कोरोना भाइरसको महामारीका कारण ठप्प भएको अवस्थामा सार्वजनिक भएका यस्ता गीतले सवैमा नयाँ उर्जा प्रदान गर्ने आशा श्रष्टा बराल गर्नुहुन्छ । बरालका केही गीतहरू निकट भविश्यमै आउने तयारीमा समेत रहेका छन् । किर्तन हेरेर र सुनेर प्रतिक्रिया दिन श्रष्टा बराल र निर्देशक सुवेदीले सबैलाई आग्रह गर्नुभएको छ ।

भिडियो लिकं
https://www.youtube.com/watch?v=CKHxmf-H1Rc&feature=youtu.be

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button