रुखबाट लडेर ३२ बर्षीय मिलनको मृत्यु

पोखरा न्यूज । आज बिहान ९ बजेको समयमा घर नजिकै रहेको रुखमा चढेर घाँस  झार्ने क्रममा लडेर ३२ वर्षीय मिलन अधिकारीकाे इलाममा मृत्यु भएकाे छ ।

प्रहरीका अनुसार इलाम जिल्लाकाे इलाम नगरपालिका-५ ओख्रेका ३२ बर्षीय मिलनको रुखबाट लडेर मृत्यु भएको छ ।

आज बिहान ९ बजेको समयमा घर नजिकै रहेको खनिउ जातको रुखमा चढेर घाँस झार्ने क्रममा उनी अचानक सोही रुखबाट  लडेका थिए ।

उनको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएकाे छ ।

घटना बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button