४३ वर्षीया आफ्नै श्रीमतीलाई गर्दनमा खुडाँ प्रहार गरी हत्या

पाेखरा न्यूज । आज बिहान १० बजेकाे समयमा ४० वर्षीय श्रीमानले ४३ वर्षीया आफ्नै श्रीमतीकाे गर्दनमा खुडाँले प्रहार गरेर हत्या गरेका छन् । दाङकाे गढवा गा.पा.२ महदेवा बस्ने धनिराम चौधरीले आफ्नै श्रीमती शिला चौधरीलाई आपसी विवाद हुदाँ खुँडाले प्रहार गरी हत्या गरेका हुन् ।

खुँडा प्रहारबाट घाइते भएकी शिलाकाे उपचारको लागि बाटाेमा लैजादाँ गर्दा मृत्यु भएकाे हाे ।उपचारकाे लागि लमही अस्पताल दाङ जाँदै गर्दा बिहान ११ बजे बाटोमा उनकाे मृत्यु भएको प्रहरीले जनाएकाे छ ।

घटनाबारे खबर पाएपछि इलाका प्रहरी कार्यालय गढवा दाङबाट प्रहरी निरिक्षक राज कुमार भट्टको कमाण्डमा खटिएको टाेलीले घाइतेलाई उपचारको लागि अस्पताल पठाएकाे जनाइएकाे छ ।

श्रीमतीकाे कुटपिट गरी हत्या गरेकाे अभियाेगमा धनिरामलाई प्रहरीले नियन्त्रण लिएकाे छ । घटनाबारे थप अनुसन्धान भइरहेकाे प्रहरीले जानकारी दिएकाे छ ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button