गण्डकीमा थपिए ६९९ संक्रमित, २१४ निको भए

पोखरा न्यूज । पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा थप ६ सय ९९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेशका ११ जिल्लामध्ये मनाङ बाहेक अन्य जिल्लामा संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ७९७ जनाको नमुना परिक्षण गरिएको थियो ।

नयाँ संक्रमितमा कास्कीका सबैभन्दा बढी ४ सय ३० संक्रमित रहेका छन् । त्यस्तै गोरखामा १ सय ४ जना, तनहुँमा ७७ जना, स्याङजामा २६ जना, पर्वतमा २२ जना, बागलुङमा २१ जना, लमजुङमा १५ जना, म्याग्दीमा २ जना, मुस्ताङ र नवलपरासी पूर्वमा एक एक जना रहेकाछन् ।
योसँगै प्रदेशमा कुल कोरोना संक्रमितको संख्या २३ हजार २२९ पुगेको छ ।

गएको २४ घण्टामा प्रदेशभरबाट २१४ जना कोरोना संक्रमण मुक्त भएका छन् । कोरोना संक्रमण मुक्त हुनेको संख्या हालसम्म १७ हजार ७६४ रहेको छ । हाल प्रदेशमा ५ हजार २०१ कोरोनाका सक्रिय बिरामी छन् ।

पछिल्लो २४ घण्टामा प्रदेशका विभिन्न जिल्लामा गरी थप १२ जनाको मृत्यु भएको छ । योसँगै प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ सय ६३ पुगेको छ ।
पछिल्लो २४ घण्टामा प्रदेशमा ५११ जना होम आइसोलेसनमा बेसेका छन ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button