पाेखरा उपचार गर्न ल्याँउदै गर्दा संक्रमित पुरुषकाे बाटाेमा निधन

पाेखरा न्यूज । पाेखरा उपचार गर्न ल्याँउदै गर्दा आज एक जना काेराेना संक्रमित पुरुषकाे बाटाेमा निधन छ ।

लमजुङ जिल्लाकाे मर्स्याङ्दी गाँउपालिका–६ का ६५ वर्षीय कोरोना संक्रमित पुरुषकाे आज लमजुङ जिल्ला अस्पतालबाट उपचारका लागि पाेखरा ल्याउदै गर्दा बाटाेमा निधन भएकाे छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पाेखराका अनुसार उहाँलाई बैशाख २६ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

थप १ जनापछि गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण निधन हुनेको संख्या २७६ पुगेको निर्देशनालयका निर्देशक डा विनोद विन्दु शर्माले जानकारी दिनुभएको छ ।

पछिल्लाे २४ घण्टामा गण्डकी प्रदेशमा थप १२ जना संक्रमितकाे निधन भएकाे छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button