मोना कतारका पदाधिकारीकाे राजदूतसँग भेटघाट

तिलु शर्मा पौडेल, दोहा कतार l सन् २००३ मा स्थापना भएको म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना) कतारको दशौँ साधारण सभाबाट निर्वाचित नयाँ कार्यसमितिको नेतृत्व तहले कतारका लागि नेपाली राजदूत नारदनाथ भारद्वाज वाग्लेसँग भेटघाट गरेका छन् l गत मार्च १२ मा निर्वाचित कार्यसमितिका अध्यक्ष नरेन्द्र फगामीको नेतृत्वमा गएका पदाधिकारीले भेट गरेका हुन् l

राजदूतको कार्यकक्षमा भएको भेटघाटमा सङ्घका अध्यक्ष फगामीसहित वरिष्ठ उपाध्यक्ष राजु पौडेल, प्रमुख सल्लाहकार तिलु शर्मा पौडेल तथा नियोगका दित्तीय सचिव प्रवीण भट्टराईको उपस्थिति रहेको थियो l भेटघाटका क्रममा मोनाको विश्वका २८ भन्दा बढी देशमा सञ्जाल फैलिएको र जिल्लाका हरेक दुख सुखमा मलहम लगाउँदै अगाडि बढेको जानकारी फगामीले गराउनु भएको थियो l

गत सालको बाढी पहिरोबाट क्षति पुगेको स्थानहरूमा मोनाले फरक फरक ठाउँमा ४० वटा घर निर्माण गरी अन्तिम चरणमा पुर्‍याएको जानकारी फगामीले गराउँदै मोना कतारलाई नेपाली नियोगमा सामाजिक संस्थाको रूपमा सूचीकृत गरिदिन आग्रह गर्नु भएको थियो l

नेपाली राजदूतावास तथा कतारका सबै सङ्घ संस्थासँग सहकार्य गरेर अगाडी बढ्ने संस्थाको नीति रहेको र आफूहरूले कोरोना महामारी तथा हरसमय साथमै रहेर सहकार्य गरी रहेको पौडेलले जानकारी गराउनु भएको थियो l भेटघाटका क्रममा राजदूत वाग्लेले जवानी र जोस परदेशमा नसकी स्वदेशमा केही उद्ध्मशील कार्य गर्ने तर्फ ध्यान दिन आग्रह गर्नु भएको थियो l

सङ्घको नयाँ कार्यसमितिलाई शुभकामना दिने क्रममा वाग्लेले सहकार्यलाई सधैँ निरन्तरता दिन आग्रह गर्दै कतारको कर्नेचमा हुने अनैतिक गतिविधि रोक्न सामाजिक संस्थाले अहम् भूमिका निभाउनु पर्ने बताउनु भएको थियो l मोना कतारको तर्फबाट राजदुत वाग्लेलाइ सस्थाको टिसर्ट उपहार स्वरूप प्रदान गरिएको थियो l

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button