कोरोना सङ्क्रमित खोज्दै स्वास्थ्यकर्मी टोलटोेलमा

पोखरा न्यूज । कोरोना सङ्क्रमण रोकथामका लागि निषेधाज्ञा गरिएको समयमा भेरी नगरपालिका जाजरकोटका स्वास्थ्यकर्मी जनताका घरघरमा पुगेका छन् । सम्भावित सङ्क्रमित खोज्न र निरोगीलाई सचेतनामूलक जानकारी दिन स्वास्थ्यकर्मीको टोली घरघरमा पुगेको हो । जाजरकोट नगरपालिकाका स्वास्थ्य प्रमुख यज्ञ गौतमको नेतृत्वमा स्वास्थ्यकर्मी तथा ल्यावसहितको टोलीले घरघरमा पुगेर सम्भावित बिरामीको वर्गीकरण गरी उपचार गरिरहेको छ ।

गाउँमा बिरामी भएको खबरका आधारमा ल्याबसहितको टोली पुगेर ज्वारो आएको भए तत्काल आरडिटी जाँच गरेर कोरोना हो वा होइन भन्ने निश्चित गरी सोहीअनुसारको उपचार गर्दै आएको गौतमले बताउनुभयो । ज्वरो आएर कोरोनाको लक्षण मिल्ने खालको बिरामी भएमा पिसिआर जाँच गर्न स्वाब सङ्कलन गरी सुर्खेत पठाउने गरिएको छ ।

ज्वरो आउँदा धामीको शरण

गाउँघरमा बिरामी हुँदा अस्पतालभन्दा पहिला धामीझाँक्री कहाँ पुगेर देखाउने चलन कायमै छ । देवीदेवताको आँखा लागेर बिरामी भएको भन्दै धामीलाई देखाउने चलनले कोरोना बढ्न थप मद्दत गरेको छ ।

स्थानीय तहका मुकाममा मात्र सामाजिक दूरी तथा स्वास्थ्य सुरक्षा सामग्री प्रयोग गरे पनि गाउँमा त्यस्तो कुनै पालना नभएको पाइएको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button