पछिल्लाे २४ घण्टामा गण्डकीमा मृतककाे संख्या १२ पुग्याे

थप १ काेराेना संक्रमितकाे निधन

पाेखरा न्यूज । थप १ जना काेराेना संक्रमित पुरुषकाे उपचारकाे क्रममा बेनीमा निधन भएकाे छ ।

पछिल्लाे २४ घण्टामा पाेखराकाे अस्पतालहरुमा उपचाररत १० जना,  हाेमआइसोलेसनमा १ जना र बेनी अस्पतालमा १ गरी गण्डकी प्रदेशमा मात्र  थप १२ जना कोरोना संक्रमितहरुकाे निधन भएकाे छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयकाे पछिल्लाे विवरण अनुसार म्याग्दी जिल्लाकाे बेनी नगरपालिका–१ का ६०  वर्षीय पुरुषकाे  आज बिहान बेनी अस्पताल म्याग्दीमा उपचारकाे क्रममा निधन भएकाे छ । उहाँलाई बैशाख २३ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

थप १२ जनापछि गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण निधन हुनेको संख्या २८८ पुगेको निर्देशनालयका निर्देशक डा विनोद विन्दु शर्माले जानकारी दिनुभएको छ ।

पछिल्लाे २४ घण्टामा काेराेना संक्रमणबाट गण्डकी प्रदेशमा थप ११ जनाकाे ज्यान गइसकेकाे   यस अघिकाे विवरणमा उल्लेख छ । १० जनाकाे पाेखराका विभिन्न अस्पतालहरुमा उपचारकाे क्रममा र १ जनाकाे भने हाेमआइसोलेसनमा निधन भएकाे हाे ।

रुपन्देही जिल्लाकाे सैनामैना नगरपालिका–१ का ४० वर्षीया पुरुषकाे आज बिहान र तनहुँ जिल्लाकाे व्यास नगरपालिका–१ का ५७ वर्षीया महिलाकाे हिजाे बिहान निधन भएकाे छ ।

हिजाे राति कास्की जिल्लाकाे पाेखरा महानगरपालिका–६ की ३२ वर्षीय महिला, म्याग्दी जिल्लाकाे बेनी नगरपालिका–९ का ५२ वर्षीया महिला, पाेखरा महानगरपालिका–१७ का ८४ वर्षीय पुरुष, स्याङ्जा जिल्लाकाे भिरकाेट नगरपालिका–१ का ६८ वर्षीय पुरुष र पाेखरा महानगरपालिका–१६ का ६० वर्षीया महिलाकाे उपचारकाे क्रममा निधन भएकाे छ ।

रुपन्देही जिल्लाकाे बुटवल नगरपालिका–११ का ५५ वर्षीया महिला,  पाेखरा महानगरपालिका–६ का ५२ वर्षीया पुरुष,  पाेखरा महानगरपालिका–८ का ६५  वर्षीय पुरुषकाे पनि उपचारकाे क्रममा हिजाे राति निधन भएकाे हाे । पाेखरा महानगरपालिका–२१ का ८० वर्षीया पुरुषकाे घरमा नै निधन भएकाे हाे ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button