
पाेखरा न्यूज । नक्कली अक्सिमिटरकाे कालाेबजारी गर्ने विभिन्न औषधी पसल एवं फर्माहरुका संचालकसहित त्यसमा संलग्न व्यक्तिहरु आज पक्राउ परेका छन् ।
स्याङ्जाकाे पंचमुल-६ घर भई हाल ललितपुर- १४ ग्वार्को बस्ने नानोटेक फर्मा थापाथलीका सञ्चालक शेषकान्त अधिकारीसहित ७ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सिन्धुलीकाे कमलामाई-४ स्थायी घर भई हाल जिल्ला काठमाण्डौं १४ बल्खु बस्ने बायोप्लस फर्मा कुलेश्वरका सञ्चालक शिखर श्रेष्ठ, बाजुराकाे खप्तड ६ घर भई हाल ललितपुर ५ कुपण्डोल बस्ने थुमराज उपाध्याय, सुनसरीकाे ईनरुवा ६ घर भई हाल भिमसेनगोला बस्ने चिरायु केडी ग्रुप प्रा.लि. मा काम गर्ने पुष्कर घिमिरे छन् ।
त्यसैगरी मोरङकाे बिराटनगर २ घर भई हाल अनामनगर बस्ने आहा इन्डस्ट्रियल कम्पनी प्रा.लि मा कार्यरत बिशाल आचार्य, सिन्धुपाल्चोककाे सुनकोशी ६ घर भई हाल बागबजार बस्ने सन्तोष भण्डारी, र भारतकाे राजस्थान झुन्झुनु घर भई हाल ढुङ्गेअड्डा बस्ने जगदिश प्रसाद रानासरिया पक्राउ परेका छन् ।
महामारीको रुपमा फैलिएको कोभिड-१९ का कारण सिर्जित विकराल अवस्थामा मानिसको शरीरको पल्स र अक्सिजनको मात्रा नाप्नको लागि अक्सिमिटर प्रयोग हुने गरेकाे छ । बजारमा यसकाे माग धेरै छ ।
उनीहरुले आम सर्वसाधारणहरुलाई बजार मुल्य भन्दा अधिक मुल्य लिई नक्कली अक्सिमिटर खरिद बिक्री गरि कालो बजारी गरिरहेको महानगरीय अपराध महाशाखा काठमाण्डाैंकाे भनाइ छ । उनीहरुले बजार मुल्य ६/७ सय पर्ने अक्सिमिटरहरु रु २ हजार २२० सम्म अधिक मुल्यमा बिक्री बितरण गरेको पाइएको प्रहरीले बताएकाे छ ।
प्रहरीका अनुसार आहा इन्डस्ट्रियल कम्पनी प्रा.लि. मा काम गर्ने बिशाल आचार्यले डि एण्ड डि इन्टरप्राइजेज न्यूरोड मार्फत् चीनबाट मास्कको तुना ल्याउँदा सोही तुनाको बक्साभित्र लुकाइछिपाई उक्त अक्सिमिटरहरु ल्याएको भन्ने खुल्न आएको छ ।
बिशेष सूचनाका आधारमा महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरी टोलीले उत्पादन मिति, म्याद समाप्त मिति, खरिद बिक्रि मुल्य, उत्पादक कम्पनीको नाम लगायत केहि पनि उल्लेख नभएको कमसल, गुणस्तरहीन र कम मुल्यको जम्मा ७६५ थान नक्कली अक्सिमिटर उनीहरुकाे साथबाट बरामद गरेको जनाएकाे छ ।
चिरायु केडी ग्रुप प्रा.लि.ले खरिद गरेको अक्सिमिटरहरु मध्ये १६० थान नक्कली अक्सिमिटरहरु एन.के.लोजिष्टिक, काठमाण्डौबाट त्यसकै शाखा कार्यालय रुपन्देहीमा पठाईएकोमा स्थानीय प्रहरीसंग समन्वय गरि ती अक्सिमिटरहरु त्यहाँबाट बरामद गरिएको पनि प्रहरीले जानकारी दिएकाे छ ।
जिल्ला प्रशासन कार्यालय काठमाण्डौंका सहायक प्रमूख जिल्ला अधिकारी, औषधी व्यवस्था विभाग तथा वाणिज्य विभाग समेतको संयुक्त टोली समेतको सहभागितामा सामान समेत उनीहरुलाई समेत पक्राउ तथा बरामद गरि कालोबजार ऐन अन्तर्गत आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी परिसर काठमाण्डौमा पठाइएको प्रहरीकाे भनाइ छ ।
यसमा अन्य क-कस्को संलग्नता र मिलेमतो छ भन्ने बिषयमा समेत थप अनुसन्धान भईरहेको प्रहरीले जनाएकाे छ ।
पक्राउ परेकाहरुः











