कास्कीमा ३५६ सहित गण्डकीमा थपिए ६२४ संक्रमित

पोखरा न्यूज । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा थप ६२४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ११ सय ५६ जनाको पीसीआर परिक्षण गर्दा ५३२ जनाको रिपोर्ट नेगेटिभ आएको प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । गएको २४ घण्टामा गण्डकीका ११ जिल्ला मध्ये मनाङ बाहेक अन्य सबै जिल्लामा कोरोनाका बिरामी थपिएका छन् ।

नयाँ संक्रमितमा कास्कीमा ३५६ जना, स्याङजामा ८६ जना, पर्बतमा ६० जना, नवलपरासी पूर्वमा ४५ जना, तनहुँमा ३७ जना रहेकाछन् । त्यस्तै गोखरामा २५ जना, म्याग्दीमा ८ जना, लमुजुङमा ३ जना, बाग्लुङ र मुस्ताङमा २, २ जना रहेकछन् ।

योसँगै प्रदेशभर कुल कोरोना संक्रमितको संख्या २४ हजार ५०६ पुगेको । त्यस्तै सोही अवधिमा गण्डकीमा थप ११२ जना कोरोना संक्रमण मुक्त भएकाछन् । योसँगै गण्डकीमा हालसम्म १८ हजार १८५ जना संक्रमण मुक्त भएकाछन् । हाल प्रदेशमा ६ हजार ३३ जना कोरोनाका सक्रिय केस छन् ।

गएको २४ घण्टामा प्रदेशका विभिन्न जिल्लामा उपचाररत १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । हालसम्म प्रदेशमा २८८ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाईसकेका छन् । हाल ५ हजार ८७६ जना होम आइसोलेसनमा छन् भने हालसम्म गण्डकीमा १ लाख ५६ हजार ३८३ जनाको नमूना परिक्षण गरिएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button