गण्डकीको मुख्यमन्त्रीमा कांग्रेसका नेता कृष्णचन्द्र नेपालीको दाबी

पोखरा न्यूज । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका नेता कृष्णचन्द्र नेपालीले बहुमत दाबीसहितकाे पत्र प्रदेश प्रमूख कार्यालयमा दर्ता गराउनु भएकाे छ ।

आज कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजबादीले राष्ट्रिय जनमोर्चाको साथ लिएर गठवन्धनको तर्फबाट नेता नेपालीले प्रदेश प्रमुखको कार्यालय पाेखरामा पत्र दर्ता गराउनु भएकाे हाे।

उहाँले नेपालको संविधानको धारा १६८ को उपधारा २ अनुसार आफूलाई मुख्यमन्त्री पदमा नियुक्त गर्न माग गर्नुभएकाे छ ।

प्रदेशमा ६० सांसद छन् । सरकार गठन गर्न ३१ सांसदकाे मत चाहिन्छ । प्रदेशमा एमालेका २७ , कांग्रेसका १५, माओवादीका सभामुख सहित १२ , जनमोर्चाका ३ , जसपाका २ र १ स्वतन्त्र सांसद राजिव गुरुङ रहेका छन् ।

सरकार गठनमा निर्णायक रहेको जनमोर्चाका सांसदहरु भने यसबारेमा विभाजित बनेकाे देखिएकाे छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button