मध्यपूर्वबाट ५५० थान अक्सिजन सिलिन्डर शनिबार काठमाडौं पुग्ने

तिलु शर्मा पौडेल, दोहा कतार । इस्लाम धर्मावलम्बीहरूको महान् पर्व इद अल फितरको अवसरमा एनसीसी कतार र कतारमा स्थापित सङ्घ संस्थाहरू बिच शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। सङ्घका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानको सभापतित्व तथा कतारका लागि नेपाली राजदूत नारदनाथ भारद्वाजको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा कोरना महामारीबाट नेपालमा अक्सिजन सिलिन्डरको अभावमा अकालमा मृत्युवरण भइरहेको अवस्थामा मध्यपूर्वबाट पठाउन लागिएको ५५० थान सिलिन्डर अभियान बारेमा समेत जानकारी गराइएको थियो ।अभियानको बारेमा जानकारी दिँदै अध्यक्ष मुक्त्दाले ओमानको एनसिसिले त्यहाँका स्थानीय कम्पनीसँग सहकार्य गर्दै ४० लिटरका ५५० सिलिन्डर नेपाल पठाउन लागिएको जानकारी गराउनु भएको थियो । मातृभूमि पिडामा रहदॉ हामीले सहयोग गर्न नसेके जीवन जिउनु व्यर्थ हुने बताउँदै कतारका सबै सङ्घ संस्थालाई सहयोगका हात बढाउन अनुरोध गर्नु भएको थियो ।

कार्यक्रममा बोल्दै सिलिन्डर सहयोग अभियानका संयोजक आरके शर्माले हामी कहिले प्रवासमा र कहिले स्वदेशमा रुनु परेको पिडाले गलिसकेको बताउनु भयो । एनआरएनएले चालेको अभियान भए पनि यो मध्यपूर्वका नेपालीको अभियान रहेको बताउनु भयो । शर्माले ५५० वटा अक्सिजन सिलिन्डर शनिवार नेपाल पुग्ने जानकारी दिँदै अति आवश्यक परेका अस्पतालको पहिचान गरी एयरपोर्टबाटै ती अस्पताललाई एनआरएनए आइसिसीका अध्यक्ष कुमार पन्तको रोहबरमा वितरण गरिने बताउनु भयो । यसभन्दा पहिले ६ सय सिलिन्डर पठाउने भनिए पनि निगमको वाइड बडी ए ३३० जहाजको क्षमता अनुसार ५५० सिलिन्डर पठाउन लागिएको र जहाजमा ठाउँ रहेसम्म केही अक्सिमिटर पठाउने तयारी गरिरहेको बताउनु भयो । सिलिन्डरको खरिद मूल्य ६३ हजार ७०० अमेरिकी डलर रहेको समेत शर्मा ले जानकारी दिनु भयो ।

विश्वका शक्तिशाली देशले पनि कोरोनालाई परास्त गर्न नसकेको विषम परिस्थितिमा मध्यपूर्वका नेपालीहरूको एकतामा थालिएको अभियानले कोरोनाले पारेको अँधेरोलाई चिर्ने विश्वास प्रमुख अतिथि भारद्वाजले व्यक्त गर्नु भयो । भारद्वाजले नेपाली राजदूतावास तथा नेपाल सरकारको तर्फबाट कतार समक्ष सहयोगको याचना गरी सकिएको र सहयोग मिल्ने विश्वास व्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा कतारमा स्थापित थुप्रै सङ्घ संस्थाले अभियान सफल बनाउन सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । सङ्घका प्रथम उपाध्यक्ष उत्तम गुरुङले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रमलाई महासचिव पदम गिरीले सहजीकरण गर्नु भएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button