
पाेखरा न्यूज । वेवारिसे अवस्थामा अन्दाजी ४५/४६ वर्ष उमेरका एक जना पुरुषकाे शव महाेत्तरीकाे एक विद्यालयकाे प्राङ्गणमा फेला परेकाे प्रहरीले जनाएकाे छ ।
मनरासिश्वा न.पा वडा नं ०७ स्थित राष्ट्रिय आधारभूत विधालय झिगास्थान सरपल्लोको प्राङ्गणमा ती पुरुषकाे शव भेटिएकाे हाे । मृतक साेही स्थान वरपर मागी खाइ जीवन गुजारा गर्ने व्यक्ति भएकाे प्रारम्भिक अनुसन्धानबाट खुलेकाे पनि प्रहरीकाे भनाइ छ ।
अहिले शव पोष्ट्मार्ट्मका लागि जिल्ला अस्पताल जलेश्वर पठाउने कार्य भइरहेकाे जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएकाे छ ।





