
पोखरा न्यूज । खोलामा घोप्टो परेर अनुहार पानीमा डुबेकाे अवस्थामा आज अपरिचित ३० वर्षीय पुरुषको शव भक्तपुरमा भेटिएको छ । चाँगुनारायण नगरपालिका–६, बालवन वालखोलामा घोप्टो परेर अनुहार पानीमा डुबेकाे अवस्थामा गहुँगोरो वर्णको, पाँच फिट आठ इन्च उचाइ भएको, दाहिने हातको बूढीऔँला र चोरीऔँलाका बीचमा ॐ लेखिएको ट्याटु, बायाँ खुट्टाको पिँडौलादेखि कान्छी औँलासम्म पुरानो खत रहेको पुरुषको शव भेटिएको प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिनुभयो ।
शव परीक्षणका लागि काठमाडाै मेडिकल कलेज दुवाकोट भक्तपुरमा पठाइएको गिरीले बताउनुभयो । घटना कसरी भयो, हत्या हो कि अरू कुनै कारणले मृत्यु भएको हो भन्नेबारेमा प्रहरीले घटनास्थलबाटै अनुसन्धान शुरु गरेको जनाउँदै गिरीले मृतकको पहिचान खुलेपछि र शव परीक्षणको रिपोर्ट आएपछि मात्रै थप भन्न सकिने बताउनुभयो ।





