कतारमा काेराेना नियन्त्रणमा आउदै

तिलु शर्मा पौडेल, दोहा कतार । विश्वमा महामारीको रूपमा फैलिएको कोरोना कतारमा पछिल्लो केही साता यता नियन्त्रणमा रहेको छ l यहाँको जन स्वास्थ्य मन्त्रालयका अनुसार आज ३७० जनामा कोरोना भाइरस देखिएको जनाएको छ भने हिजो ३०२ जनामा देखिएको थियो l

पछिल्लो २४ घण्टामा १३ हजार ८१० जनामा कोरोनाको परीक्षण गरिएको थियो l जसमध्ये २२६ जना स्थानीय र १४४ जना बाहिरबाट कतार प्रवेश गरेका नागरिकहरू रहेका छन् l यो सँगै कतारमा सक्रिय सङ्क्रमितहरूको सङ्ख्या ४ हजार ७०५ पुगेको छ l थप ५ जना सहित आइसियुमा उपचाररत बिरामीको सङ्ख्या १७९ पुगेको छ l अस्ति ४, हिजो २ र आज थप ४ जना गरी मृत्यु हुनेको सङ्ख्या ५३६ पुगेको छ जस मध्य २७ जना नेपाली नागरिक रहेका छन् भने ८ सय १८ जनाले स्वास्थ्य लाभ गरेका छन् l

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button