पोखराका विद्यालयमा वार्षिक परीक्षा नहुने, असारमा नयाँ शैक्षिक सत्र

वार्षिक परीक्षा बिनै नतिजा प्रकाशन गर्न निर्देशन

पोखरा न्यूज  । पोखराका महानगरपालिका भित्र संचालनमा रहेका  विद्यालयहरुमा वार्षिक परीक्षा नहुने भएको छ ।

कोरोना महामारीका कारण भौतिक उपस्थितमा परीक्षा सञ्चालन गर्न असम्भव भएकाले २०७७ का वार्षिक परीक्षाहरु संचालन नगर्न पोखरा महानगरपलिका शिक्षा महाशाखाले महानगर भित्रका विद्यालयहरुलाई निर्देशन दिएको हो । महाशाखाले वार्षिक परीक्षा  बिनै नतिजा प्रकाशन गर्न  समेत भनेको छ ।

महाशाखाले मंगलबार एक  सूचना जारी गर्दै ‘…. शैक्षिक शत्र २०७७ का वार्षिक परीक्षाहरु कोभिड १९ को महामारीका कारण भौतिक उपस्थितमा  सञ्चालन गर्न सम्भव नदेखिएकाले  यसपूर्व सञ्चालन गरेका त्रैमासिक, अर्धवार्षिक  एवं आन्तरिक मूल्यांकनका आधारमा  विद्यार्थीको मूल्यांकन गरी वार्षिक नतिजा प्रकाशन गर्न’ भनेको छ ।

शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्यले जारी गरेको सुचनामा नयाँ शैक्षिक शत्र २०७८ को विद्यार्थी भर्नासम्बन्धी कार्य असार १ गतेबाट मात्र शुरु गर्न भनिएको छ ।

कक्षा ८ को वार्षिक परीक्षाको हकमा नगरस्तरीय परीक्षा सञ्चालन तथा समन्वय समितिको निर्णय अनुसार हुने गरी अर्को सूचना प्रकाशन गरिने  सूचनामा उल्लेख गरिएको  छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button