यी हुन् बढी सक्रिय सङ्क्रमित भएका नेपालका जिल्लाहरु

पाेखरा न्यूज । पाँचसय बढी सक्रिय सङ्क्रमित भएको जिल्लाको सङ्ख्या ४१ पुगेको छ । कास्की, गोरखा, नवरपरासी (पूर्व), तनहुँ, स्याङ्जा, दाङ, बाँके, रुपन्देही, पाल्पा, बर्दिया, कपिलवस्तु, अर्घाखाँची, गुल्मी, नवलपरासी (पश्चिम), सल्यान, सुर्खेत, डडेल्धुरा, कैलाली, कञ्चनपुर, बैतडी र अछाममा ५०० बढी संक्रिय सङ्क्रमित छन् ।

यसैगरी मोरङ, सुनसरी, झापा, रौटहट, धनुषा, पर्सा, महोत्तरी, बारा, सप्तरी, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, धादिङ, सिन्धुपाल्चोक, सिन्धुली, नुवाकोट र रामेछापमा सङ्क्रमितको संख्या ५०० बढी छ । सक्रिय सङ्क्रमितको संख्या उच्च भएका जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । निषेधाज्ञा जारी गरिएपनि सङ्क्रमण दर घट्न सकेको छैन ।

नेपालमा हालसम्म चार लाख ७२ हजार ३५४ मा सङ्क्रमण पुष्टि भएको छ । ती मध्ये ६१.७२ प्रतिशत अर्थात दुई लाख ९१ हजार ५३३ पुरुष र ३८.२८ प्रतिशत अर्थात एक लाख ८० हजार ८२१ महिला छन् । सङ्क्रमितमध्ये तीन लाख ५२ हजार ४१४ सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेको दर ७४.६ प्रतिशत रहेको छ । हालसम्म कोरोनाबाट पाँच हजार ४११ ले ज्यान गुमाएका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button