कास्कीमा यसअघि प्रहरी प्रवक्ताको जिम्मेवारी सम्हालेका केसीको कोरोनाबाट निधन

पोखरा न्यूज । कोरोना संक्रमणका कारण डीएसपी राजकुमार केसीको निधन भएको छ ।

महानगरीय प्रहरी परिसर काठमाण्डौमा कार्यरत डीएसपी केसीको आज बिहान नेपाल प्रहरी अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

काठमाण्डौको कागेश्वरी मनोहरा नगरपालिका मूलपानी स्थायी घर भएका केसीलाई २ हप्ता अगाडि संक्रमण पुष्टि भएको थियो । स्वास्थ्यमा समस्या देखिएपछि उहाँ प्रहरी अस्पतालमा भर्ना हुनुभएको थियो ।

प्रहरी संगठन भित्र इमान्दार, दक्ष र कर्तव्यनिष्ठ प्रहरी अधिकारीको रुपमा चिनिनुभएका केसी महानगरीय प्रहरी परिसर सरुवा हुनुअघि २०७७ वैशाख २१ गतेसम्म कास्कीमा प्रहरी प्रवक्ताका रुपमा कार्यरत हुनुहुन्थ्यो ।

कास्कीमा एसपी दानबहादुर कार्कीको कार्यकाल सफल बनाउन उहाँको ठूलो भूमिका रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button