
पाेखरा न्यूज । मादक पदार्थ सेवन गरी होहल्ला गरेका एक युवकसँग एक थान कटुवा पेस्ताेल बरामद गरेकाे सिराहा प्रहरीले जनाएकाे छ ।
सिरहा नगरपालिका १७ वटेर्वाबाट प्रहरीले एक थान कटुवा पेस्तोल बरामद गरेको हाे । स्थानीय २७ वर्षीय धिरु यादवले गाउँमा मादक पदार्थ सेवन गरी होहल्ला गरेको सूचनाका आधारमा पुगेका प्रहरीलाई देखेर भाग्ने क्रममा यादवको साथबाट खसेको खाली कटुवा पेस्तोल बरामद भएको प्रहरीले जनाएको छ ।
यादव भने फरार भएका छन् । प्रहरीले सशङ्कित व्यक्तिको खोजतलास जारी रहेको जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता शर्माले जानकारी दिनुभयो ।





