पाेखराका ७ सहित प्रदेशमा २१ काेराेना संक्रमितहरुकाे निधन

पोखरा न्यूज । पाेखराका ७ जना, स्याङजाका ४ जना, नवलपुरपूर्व जिल्लाका ५ जना, बाग्लुङ जिल्लाका २ जना, गोरखा जिल्लाका २ जना र तनहुँ जिल्लाका १ जना गरी २१ जनाकाे काेराेना संक्रमणका कारण पछिल्लाे २४ घण्टामा गण्डकी प्रदेशमा निधन भएकाे छ ।

प्रदेश स्वास्थ्य निर्देशनालय पाेखराका अनुसार उहाँहरु मध्ये १९ जना विभिन्न अस्पतालहरुमा उपचारकाे क्रममा तथा १ जनाकाे हाेम आइसाेलेसन र १ जनाकाे अस्पताल लैजाँदै गर्दा निधन भएकाे हाे ।

कास्की जिल्लाको पोखरा महानगरपालिका–१३ की ७८ वर्षीय महिलाको आज उपचारको क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा निधन भएको छ । उहाँलाई बैशाख २५ गते संक्रमण पुष्टि भएको हो ।

कास्की जिल्लाको पोखरा महानगरपालिका–१७ की ५७ वर्षीय पुरुषको आज उपचारको क्रममा गण्डकी मेडिकल कलेज पोखरामा निधन भएको छ । उहाँलाई बैशाख २६ गते संक्रमण पुष्टि भएको हो ।

कास्की जिल्लाको पोखरा महानगरपालिका–१२ की ७९ वर्षीय पुरुषको आज होम आइसोलेसनमा निधन भएको छ । उहाँलाई बैशाख २७ गते संक्रमण पुष्टि भएको हो ।

बाग्लुङ जिल्लाको ढोरपाटन नगरपालिका–१ की ३८ वर्षीय पुरुषको आज उपचारको क्रममा मणिपाल शिक्षण अस्पताल पोखरामा निधन भएको छ । उहाँलाई जेठ ५ गते संक्रमण पुष्टि भएको हो ।

कास्की जिल्लाको पोखरा महानगरपालिका–१३ की ६३ वर्षीय महिलाको हिजो उपचारको क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा निधन भएको छ । उहाँलाई जेठ २ गते संक्रमण पुष्टि भएको हो ।

कास्की जिल्लाको पोखरा महानगरपालिका–१२ की ७१ वर्षीय पुरुषको  हिजो उपचारको क्रममा गण्डकी मेडिकल कलेज पोखरामा निधन भएको छ । उहाँलाई बैशाख ३१ गते संक्रमण पुष्टि भएको हो ।

कास्की जिल्लाको पोखरा महानगरपालिका–१३ की ५८ वर्षीय पुरुषको हिजो उपचारको क्रममा मणिपाल शिक्षण अस्पताल पोखरामा निधन भएको छ । उहाँलाई बैशाख २३ गते संक्रमण पुष्टि भएको हो ।

कास्की जिल्लाको पोखरा महानगरपालिका–१३ की ७८ वर्षीय पुरुषको  हिजो उपचारको क्रममा मणिपाल शिक्षण अस्पताल पोखरामा निधन भएको छ । उहाँलाई जेठ ४ गते संक्रमण पुष्टि भएको हो ।

स्याङ्जा जिल्लाको पुतलीबजार नगरपालिका–२ की ५० वर्षीय पुरुषको हिजो उपचारको क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा निधन भएको छ । उहाँलाई बैशाख ३१ गते संक्रमण पुष्टि भएको हो ।

स्याङ्जा जिल्लाको चापाकोट नगरपालिका–६ की ६० वर्षीय पुरुषको हिजो उपचारको क्रममा गण्डकी मेडिकल कलेज पोखरामा निधन भएको छ । उहाँलाई जेठ ४ गते संक्रमण पुष्टि भएको हो ।

बाग्लुङ जिल्लाको गलकोट नगरपालिका–६ की ७० वर्षीय पुरुषको हिजो उपचारको क्रममा गण्डकी मेडिकल कलेज पोखरामा निधन भएको छ । उहाँलाई बैशाख २७ गते संक्रमण पुष्टि भएको हो ।

तनहुँ जिल्लाको व्यास नगरपालिका–१३ की ८० वर्षीय पुरुषको हिजो उपचारको क्रममा गण्डकी मेडिकल कलेज पोखरामा निधन भएको छ । उहाँलाई बैशाख २३ गते संक्रमण पुष्टि भएको हो ।

नवलपरासी पूर्व जिल्लाको कावासोती नगरपालिका–१३ की ४६ वर्षीया ४६महिलाको अस्ति कलेज अफ मेडिकल साइन्समा उपचारका क्रममा निधन भएको छ । उहाँलाई जेठ २ गते संक्रमण पुष्टि भएको हो ।

नवलपरासी पूर्व जिल्लाको कावासोती नगरपालिका–३ की ६१ वर्षीय पुरुषको हिजो भरतपुर अस्पताल भरतपुरमा उपचारका क्रममा निधन भएको छ । उहाँलाई बैशाख २० गते संक्रमण पुष्टि भएको हो ।

नवलपरासी पूर्व जिल्लाको गैँडाकोट नगरपालिका–२ की ७३ वर्षीय पुरुषको हिजो भरतपुर अस्पताल भरतपुरमा उपचारका क्रममा निधन भएको छ । उहाँलाई बैशाख ३१ गते संक्रमण पुष्टि भएको हो ।

नवलपरासी पूर्व जिल्लाको विनयत्रिवेणी नगरपालिका–२ की ४७ वर्षीया महिलाको हिजो भरतपुर अस्पताल भरतपुरमा उपचारका क्रममा निधन भएको छ । उहाँलाई बैशाख ३१ गते संक्रमण पुष्टि भएको हो ।

नवलपरासी पूर्व जिल्लाको गैँडाकोट नगरपालिका–१२ की ५२ वर्षीय महिलाको हिजो चितवन मेडिकल कलेज चितवनमा उपचारका क्रममा निधन भएको छ । उहाँलाई बैशाख २४ गते संक्रमण पुष्टि भएको हो ।

गोरखा जिल्लाको आरुघाट गाँउपालिका–५ की ८३ वर्षीय पुरुषको अस्ति टिचि काठमाण्डौंमा उपचारका क्रममा निधन भएको छ । उहाँलाई बैशाख २४ गते संक्रमण पुष्टि भएको हो ।

गोरखा जिल्लाको शहिद लखन गाँउपालिका–६ की ४४ वर्षीय पुरुषको उपचारको लागि काठमाण्डौं लैजाने क्रममा निधन भएको छ । उहाँलाई जेठ २ गते संक्रमण पुष्टि भएको हो ।

स्याङ्जा  जिल्लाको गल्याङ नगरपालिका–५ की ८१ वर्षीय महिलाको हिजो उपचारको क्रममा गल्याङ नगर अस्पताल स्याजामा निधन भएको छ । उहाँलाई जेठ ५ गते संक्रमण पुष्टि भएको हो ।

स्याङ्जा जिल्लाको कालीगण्डकी गाँउपालिका–२ का ९० वर्षीय पुरुषको जेठ २ गते उपचारको क्रममा कालीगण्डकी अस्पताल स्याङ्जामा निधन भएको छ । उहाँलाई जेठ २ गते संक्रमण पुष्टि भएको हो ।

निर्देशनालयका अनुसार प्रदेशमा कोरोना संक्रमणबाट निधन हुनेको संख्या ४७३ पुगेको छ ।

विवरण यस्तो छः

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button