कास्कीमा थप ३५३ जनामा कोरोना संक्रमण पुष्टि

गण्डकीमा १३७२ संक्रमित थपिए

पोखरा न्यूज । पछिल्लो २४ घण्टामा कास्की जिल्लामा थप ३५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बिहीबार कास्कीमा २१५ जना पुरुष तथा १३८ जना महिला गरी ३५३ जनामा कोरोना भाइरस देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा प्रदेशमा तिन  हजार २७७ जनाको नमुना परीक्षण गरिएकोमा थप एक हजार ३७२ जनामा कोरोना पोजेटिभ देखिएको विज्ञप्ति मार्फत निर्देशनालयले उल्लेख गरेको छ ।

कास्कीका ३५३ सहित स्याङ्जाका ६११ जना, बाग्लुङका ९ जना,पर्वतका १८ जना, म्याग्दीका २१ जना, मुस्ताङका एक जना, तनहुँका ९३ जना, गोरखाका १५६ जना, लमजुङका १६ जना र नवलपुरका ९४ जना गरी प्रदेशका दश जिल्लामा ७५७ पुरुष तथा ६१५ जना महिलामा कोरोना पुष्टि भएको हो ।

यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या ३२ हजार ६० पुगेको छ। पछिल्लो २४ घण्टामा ४३३ जना निको भएसँगै प्रदेशमा संक्रमणमुक्त हुनेको संख्या २१ हजार ३९८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा गण्डकीमा थप २२ जनाको कोरोना संक्रमणका कारण मृत्यु पुष्टि भएको छ । हालसम्म कोरोना संक्रमणका कारण प्रदेशभर ज्यान गुमाउनेको संख्या ४७४ पुगेको छ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button