
पाेखरा न्यूज । सांसद कृष्णकुमार श्रेष्ठ (किसान)ले तनहुँ जिल्लाका सञ्चारकर्मीलाई बिहीबार स्वास्थ्य सामग्री हस्तान्तरण गर्नु भएको छ ।
प्रतिनिधि सभाका निर्वाचित सांसद श्रेष्ठले नेपाल पत्रकार महासङ्घ तनहुँ शाखाका अध्यक्ष उज्वल पौडललाई स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभएको हो ।
श्रेष्ठले २०० एन्–९५ मास्कसहित सामग्री प्रदान गर्नुभएको शाखाका अध्यक्ष पौडेलले जानकारी दिनुभयो ।
यसैगरी उहाँले जिल्लाका तीन अस्पताललाई अक्सिजन सिलिन्डर हस्तान्तरण गर्नुभएको छ । भानुस्थित पुरनडिही , बन्दीपुरस्थित बन्दीपुर र व्यासस्थित दमौली अस्पताललाई आज पाँच/ पाँच अक्सिजन सिलिन्डर हस्तान्तरण गरिइएको हो ।





