आजको राशिफल : जेठ ८ गते शनिबार

पोखरा न्यूज, वीरेन्द्र सापकोटा । आज मितिः २०७८–ज्येष्ठ–८, शनिबार, नेपाल सम्वत् ११४१, तदनुसार मे महिनाको २२, २०२१, वैशाख शुक्ल पक्ष, सम्वत्सरः राक्षस ।

तिथिः एकादशी घ.प.५३ः५०(२६ः४६) नक्षत्रः उ.फा., योगः वज्र, करणः वणिज, आनन्दादी योग ः उत्पात

चन्द्रमाः कन्या, सूर्यः वृष, अयनः उत्तरायण

सूर्योदयः ५ः१४

सूर्यास्तः १८ः४९

आजको राशिफलः

मेष. तपाईँको आजको दिन राम्रो छैन । झैझगडाको सम्भावना देखिएकाले सतर्कता अपनाउनुपर्ने देखिन्छ । खर्च बढेर जानेछ । स्वास्थ्यले पनि साथ नदिँदा चिन्ता बढेर जाने छ । आफन्त तथा साथीभाइले धोका दिने योग देखिएको छ ।

वृष. तपाइको आजको दिनमा बोलीको प्रभाव बढेर जानेछ । रमाइलो यात्राको सम्भावना रहेको छ । गरेका कामहरू सहजै पुरा गर्न सक्ने योग रहेको छ । आर्थिक कारोबारहरू सफल हुने देखिन्छ ।

मिथुन. धार्मिक कार्यमा मन जानुका साथै सन्तानको साथले सबै कामकारबाही सहजतापूर्वक सम्पन्न हुने देखिन्छ । अरूको मन जित्ने योग रहेको छ । धनार्जनको बाटो खुलेकाले थोरै विचार गर्नुहोला ।

कर्कट. तपाइको आजको दिन राम्रै देखिन्छ । नयाँ–नयाँ कामहरूको सुरुवात हुनेछ । साथीभाइबाट सहयोग मिल्नेछ । थोरै परिश्रम र विचार गरेर काम गर्नुभयो भने जस्तोसुकै कठिन अवस्थालाई पनि सहज पार गर्नुहुनेछ ।

सिंह. तपाईँले आज धोका मात्र पाउने योग रहेको छ । विवादास्पद काममा हात हाल्न पुग्दा समस्या देखिनेछ । चिन्ता बढ्ने भएकाले सतर्कता र सोच विवेक अपनाउनुपर्ने देखिन्छ । यात्राको अवसर प्राप्त भए पनि खर्च ज्यादा हुने देखिन्छ ।

कन्या. तपाइको आजको दिन उत्कृष्ट रहेको छ । मान–सम्मान प्राप्त गर्नुका साथै मिष्टान्न भोजनको योग रहेको छ । अर्थोपार्जनको मार्ग खुलेको छ । गरेका र आँटेका काम सबै सफलतापूर्वक सम्पन्न हुने देखिन्छ । स्वास्थ्यले साथ दिनेछ ।

तुला. जागिरमा सफलता मिल्दा पदोन्नतिको सम्भावना पनि उत्तिकै रहेको छ । नाम र दाम कमाउने योग रहेको छ । अध्ययनमा रुचि जानेछ । आजको दिन तपाईँको लागि खुलेको छ । आफन्त र इष्टमित्रको सहयोग पाउनुहुनेछ ।

वृश्चिक. राम्रा समाचार सुन्न पाइनेछ । गतिशीलताका साथ गरिएको कार्यले पूर्णता पाउनेछ । मनले इच्छाएका कुराहरू पुग्ने देखिन्छ । स्वास्थ्यले साथ दिनेछ । साथीभाइको सहयोग मिल्नेछ । धर्म–कर्ममा मन जानेछ ।

धनु. मानसिक चिन्ताले सताउनेछ । मन द्विविधामा जाँदा गरेका कार्यहरू सफल नहुन पनि सक्छ । अध्ययनमा सोचेजस्तो प्रगति नहुने देखिन्छ । आत्मबल कमजोर हुने समय भएकाले थोरै भए पनि आँट बढाउनुपर्ने देखिन्छ ।

मकर. जीवनशैलीमा सुधार आउने देखिन्छ । चिताएको कामकारबाही सहजै पुरा हुने देखिन्छ । स्वास्थ्यले साथ दिनेछ । एकत्रित कार्यले सफलता मिल्ने देखिन्छ । व्यापारबाट राम्रो अर्थोपार्जन हुने योग रहेको छ ।

कुम्भ. नयाँ व्यापार तथा उद्योगको सुरुवात गर्ने योग रहेको छ । कृषि कार्यले साथ दिनेछ । मनग्य आम्दानीको बाटो खुलेको छ । पद–प्रतिष्ठा पाइनेछ । आम्दानीका नयाँ–नयाँ श्रोतहरू खुलेका छन् । अध्ययनमा मन जानेछ ।

मीन. तपाईँको आजको दिनमा राम्रो देखिँदैन । चिन्ता बढ्नुका साथै खर्चको मात्रा पनि बढेर जाने समय भएकाले विचार पु¥याउनुहोला । मानसिक दोधार बढ्ने भएकाले काम गर्दा सचेत हुनुपर्नेछ । अरूले नगरिएको कामकारबाहीमा फसाउन सक्नेछन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button