बेगनास तालमा ३१ वर्षीय ढुंगाना मृत अवस्थामा भेटिए

पोखरा न्यूज ।  बेगनास तालमा एक युवक मृत अवस्थामा भेटिएका छन् । कास्की जिल्लाकाे पोखरा महानगरपालिका –२६ जलधारेका ३१ वर्षीय निराजन ढुंगाना वेगनास तालमा मृत अवस्थामा भेटिएकाे प्रहरीले जनाएकाे छ ।

गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले दिएको जानकारीअनुसार निराजन शुक्रबार दिउँसो साढे चारबजे स्कुटरमा विना सूचना घरबाट निस्किएका थिए । प्रहरीले खोजी गर्नेक्रममा वेगनास तालमा मृत अवस्थामा भेटिएका हुन् । घटनाबारे थप अनुसन्धान गरिरहेको साे कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button