
पाेखरा न्यूज । विश्व महामारी कोभिड १९ काे दोश्रो भेरियन्ट फैलिने क्रममा पोखरा लेडी जेसीसले पनि अक्सीजन बैक स्थापनाका लागि आर्थिक सहयोग गरेको छ ।
पोखरका सातवटा रोटरी क्लब र प्रदेश नं ४ का रोट्याक क्लबकाे संयोजनमा बैंक स्थापना गरिएकाे हाे । रोटरी मणिपाल कोभिड १९ सेन्टरमा ‘मिनी अक्सिजन बैंक,”जीवनकाे आशा” भन्ने उदेश्यले सक्रिय रहँदा पोखरा लेडी जेसीज परिवारको पनि सहकार्य स्वरूप मानवीय सेवामा मलम पट्टी लगाउन रु ४६ हजार ५०० आर्थिक सहयोग गरेकाे जनाएकाे छ ।
पोखरा लेडी जेसीसकी आर्थिक संकलन संयोजक जेसी बिनिता सुबेदीले गर्नुभएकाे थियाे । मानवताको सेवामा सदैव तत्परका साथ लाग्नु पर्ने बेला आएमा सधै एक कदम अगाडि रहेर सहयोग गर्ने पोखरा लेडी जेसीस अध्यक्ष बिनीता सापकोटाले जानकारी दिनुभएकाे छ । संकटको यस घडीमा सबैलाई घरमानै सुरक्षित र सचेत भएर बस्न तथा मानवीय सेवामा सकेकाे सहयेग गर्न पनि उहाँले आग्रह गर्नुभएकाे छ ।





