दीपक मनाङेद्वारा मन्त्री पदकाे सपथ

पाेखरा न्यूज । मनाङबाट निर्वाचित स्वतन्त्र प्रदेश सभा सदस्य राजिव गुरूङ (दीपक मनाङे) ले गण्डकी प्रदेशकाे मन्त्रीकाे सपथ लिनुभएकाे छ । गण्डकी प्रदेश प्रमूख सीतादेवी पाैडेलले आज उहाँलाई सपथ गराउनु भएकाे हाे ।

उहाँलाइ प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरूङले युवा तथा खेलकुद मन्त्रीका रुपमा नियुक्त गर्नु भएकाे थियाे । यसअघि पनि उहाँ मन्त्री पदमा नियुक्त हुनुभएकाे थियाे ।

यसअघि बैशाख २६ गते प्रदेशका मूख्यमन्त्री गुरुङले पदबाट राजिनामा दिनुभएकाे थियाे ।

नेपाल कम्युनिष्ट पार्टी एमालेका नेता तथा मुख्यमन्त्री गुरुङको सरकारविरुद्ध नेपाली काङ्ग्रेस, नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र र जनता समाजवादी पार्टीले वैशाख २ गते २८ जना सांसदको हस्ताक्षर सहित अविश्वासको प्रस्ताव दर्ता गरेका थिए ।

त्यसउपर बैशाख २७ गते गण्डकी प्रदेश सभामा मतदान हुने कार्यक्रम थियाे । यस अगावै मुख्यमन्त्री  गुरुङले राजीनामा दिनुभएकाे थियाे ।

उहाँकाे राजिनामा पछि प्रदेश प्रमुख पौडेलले तीन दिनभित्र दलहरूलाई नयाँ सरकार गठनका लागि आह्वान गर्नुभयाे  ।

दलहरूले बहुमत प्रदेश सांसदहरुकाे हस्ताक्षरसहित सरकार गठनका लागि दाबी पेश गर्न नसके पछि प्रदेशमा सबभन्दा ठूलो दल एमालेका नेता गुरुङ बैशाख २९ गते पुन मुख्यमन्त्री बन्नु भएकाे हाे । उहाँकाे मन्त्रीमण्डलमा पुरानै मन्त्रीहरु दाेहरिएका छन् ।
बहुमत प्रदेश सदस्यहरुकाे समर्थन नभएर अल्पमतकाे सरकारकाे नेतृत्व गर्ने मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।

 

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button