एमाले नेतृ चाैधरीद्वारा सुविधामा पाएको गाडी फिर्ता

पोखरा न्यूज । नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलकी सचेतक शान्ता चौधरीले सुविधामा पाएको गाडी फिर्ता गरेकाे जानकारी दिनुभएकाे छ ।

नेतृ चाैधरीले सामाजिक संजालमा यसबारे सन्देश जारी गर्दै राज्यको साधन राज्यका लागि नियम अनुसार प्रयोग गरियो र जिम्मेवारी मुक्त भए पछि आजबाट राज्यलाई नै फिर्ता गरियो भन्नुभएकाे छ ।

उहाँले लेख्नुभएकाे छः

राज्यको साधन राज्यका लागि नियम अनुसार प्रयोग गरियो ,जिम्मेवारी मुक्त भए पछि आजबाट राज्यलाई नै फिर्ता गरियो ।

मन्त्री परिषदको सिफारिसमा शनिबार मध्यराति राष्ट्रपतिले प्रतिनिनिधसभा विघटन गरेर कात्तिक २६ र मंसिर ३ गते गरि दुई चरणमा प्रतिनिधिसभाको निर्वाचनको मिति पनि घोषणा गर्नुभएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button