कतारबाट घर जाने पर्खाइमै अस्ताए म्याग्दीका निर

तिलु शर्मा पौडेल, दोहा कतार । दैनिक मजदुरी गरेर आफ्नो परिवार पाल्ने सपना बोकेर खाडी राष्ट्र कतार आउनु भएका म्याग्दीका निर प्रसाद कामीको हृदयाघातका कारण निधन भएको छ । घर जाने परिवार र बाल बच्चासँग बिदा मनाएर फेरि कतार फर्कने उहाँको सपना सदाको लागि अन्त्य भएको छ l ४३ वर्षीय कामीको गत बिहीबार राति निधन भएको हो ।

विगत आठ वर्षदेखि एक स्थानीय कम्पनीमा कार्यरत उहाँ सुतिरहेकै अवस्थामा मृत भेटिनुभएकाे थियाे । यहाँको सरकारी अस्पतालको पोस्टमार्टम रिपोट अनुसार उहाँको मृत्यु हृदयाघातका कारण भएको पुष्टि भएको छ l उहाँको मृत्युको बारेमा कम्पनीका जिम्मेवार अधिकारीले नेपाली दूतावासमा जानकारी गराएका थिए l दूतावास पुगेर मृतकले पाउनु पर्ने सबै सेवा सुविधा बापतको रकम कम्पनीले बुझाए पछि शव नेपाल पठाउने अनुमति पत्र नियोगले जारी गरेको र थप प्रक्रिया पूरा गरी यथाशक्य शव पठाइने नेपाली नियोगका दित्तीय सचिव भुवन भट्टले जानकारी दिनु भएकाे छ l

कोरोनाका कारण नेपाल सरकारले अन्तर्राष्ट्रिय उडानमा रोक लगाए पछि शव पठाउने दिन एकिन हुन् सकेको छैन l कामीको मृत्युबारे थप जानकारी लिन तथा सहायताका लागि मोना कतारका अध्यक्ष नरेन्द्र फगामी पनि दूतावास पुग्नु भएको थियो l मृतकको शव लिएर घरसम्म पुराइदिन आवश्यक कागजपत्र पनि नियोगले पूरा गरिदिने बताइएकाे छ l मृतक कामीका श्रीमती सहित २ छोरा छन् l परिवारको अवस्था हेरेर आवश्यक सहयोग गरिने फगामीले बताउनु भएकाे छ l

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button